स्थानीय तहको निर्वाचन: अब प्रतिनिधि मात्र होइन, सक्षम र जवाफदेही नेतृत्व रोजौँ
लेखक: सुन्दर बहादुर सेनी अधिवक्ता तथा अधिकारकर्मी नेपालको संघीय लोकतान्त्रिक व्यवस्थाको वास्तविक सफलता स्थानीय सरकारको कार्यसम्पादनमा प्रतिबिम्बित हुन्छ। नागरिकले राज्यलाई सबैभन्दा नजिकबाट अनुभव गर्ने ठाउँ स्थानीय तह हो। जन्मदर्तादेखि स्वास्थ्य सेवा, शिक्षा, रोजगारी, पूर्वाधार विकास, सामाजिक सुरक्षा र न्यायसम्मका विषयमा स्थानीय सरकारको निर्णयले नागरिकको दैनिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले स्थानीय तहको निर्वाचन केवल जनप्रतिनिधि छान्ने राजनीतिक प्रतिस्पर्धा होइन; यो आफ्नो समुदायको भविष्य, विकासको दिशा र लोकतन्त्रको गुणस्तर निर्धारण गर्ने महत्त्वपूर्ण अवसर हो। अब प्रश्न उठ्छ—हामीले कस्ता प्रतिनिधि छान्ने? लोकप्रियता, [...]