जुनेली न्युज, काठमाडौँ ।
काठमाडौँको पूर्वी भेग तथा गोकर्णेश्वर नगरपालिकामा पहिलोपटक स्नातकोत्तर (Master’s Degree) तहमा Mass Communication and Journalism (MA–MCJ) र Development Communication (MA–Dev. Com.) कार्यक्रम सुरु गरिएको छ।
जोरपाटीमा रहेको Newton International College अन्तर्गत सञ्चालन हुने CJMC कार्यक्रमले शैक्षिक सत्र २०२६–२०२७ का लागि भर्ना प्रक्रिया अगाडि बढाएको हो। कलेजले यी दुई विषय स्नातकोत्तर तहमा एकैसाथ सुरु गरिएको क्याम्पस प्रमुख दिपेश राज आचार्यले बताउनु भयो |
क्याम्पस प्रमुखका अनुसार स्थानीय सरकारको सिफारिशमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ। साथै यस पौष महिना भित्र भर्ना हुने गोकर्णेश्वर, कागेश्वारी र शंखारापुर नगरपालिकाका बिधार्थीलाइ ५०% छात्राबृति प्रदान समेत गरिने जनाइएको छ | यसले गोकर्णेश्वर नगरपालिका तथा आसपासका क्षेत्रका विद्यार्थीहरूलाई उच्च शिक्षामा सहज पहुँच पुग्ने विश्वास लिइएको छ।
पत्रकारिता, सञ्चार, विकास र सामाजिक परिवर्तनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ। इच्छुक विद्यार्थीहरूले थप जानकारीका लागि ०१–४९११३६६ वा ०१–४९११३६७ मा सम्पर्क गर्न सक्नेछन्।
Newton International College ले “Start your journey with CJMC” भन्ने नारासहित गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ।


फेसबुक प्रतिक्रियाहरु