बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बिहानै पाटन दरबार क्षेत्र पुगे राष्ट्रपति पौडेल
राष्ट्रपति

बिहानै पाटन दरबार क्षेत्र पुगे राष्ट्रपति पौडेल

१२ साउन, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् । साथै उनले पाटन संग्रहालय पनि अवलोकन गरे ।राष्ट्रपति पौडेल आज बिहान पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

 

पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेलले जानकारी दिए  ।

फेसबुक प्रतिक्रियाहरु