सोमवार, मंसिर ८, २०८३
  • होमपेज
  • राष्ट्रिय कर दिवसमा नेपाल क्यान ग्रुप मुभ प्रा.लि. सम्मानित, सबैभन्दा बढी आयकर दाखिला
Breaking News

राष्ट्रिय कर दिवसमा नेपाल क्यान ग्रुप मुभ प्रा.लि. सम्मानित, सबैभन्दा बढी आयकर दाखिला

काठमाडौं। राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा नेपाल क्यान ग्रुप मुभ प्रा.लि. सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेको योगदानको कदर गर्दै आन्तरिक राजस्व कार्यालय कोटेश्वरले कम्पनीलाई सम्मानपत्र प्रदान गरेको हो।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभाग तथा आन्तरिक राजस्व कार्यालय कोटेश्वरद्वारा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को सम्मान तथा समापन समारोहमा कम्पनीलाई सम्मान गरिएको हो।

कम्पनीका कार्यकारी निर्देशक गंगबहादुर थापा र प्रमुख कार्यकारी अधिकृत (CEO) सुजित आचार्यको नेतृत्व, दूरदर्शिता तथा निरन्तर प्रयासका कारण संस्थाले उक्त उपलब्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ।

सम्मान प्राप्त गरेपछि कार्यकारी निर्देशक थापा र प्रमुख कार्यकारी अधिकृत आचार्यले कम्पनीको प्रगति र सफलतामा निरन्तर साथ, सहयोग तथा योगदान पुर्‍याउने सम्पूर्ण कर्मचारी, सेवाग्राही र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

राज्यको आर्थिक समृद्धि, सुशासन र विकासका लागि कर प्रणालीमा सहभागिता तथा नियमित कर भुक्तानी महत्वपूर्ण मानिन्छ। निजी क्षेत्रले रोजगारी सिर्जना, आर्थिक गतिविधिको विस्तार र सरकारी राजस्व वृद्धिमा पुर्‍याउँदै आएको योगदानलाई समेत यस सम्मानले उजागर गरेको छ।

यस उपलब्धिले नेपाल क्यान ग्रुप मुभ प्रा.लि.लाई आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र सेवामुखी भएर अघि बढ्न थप प्रेरणा मिलेको कम्पनीले जनाएको छ।

कर तिरौँ, राष्ट्र निर्माणमा योगदान गरौँ।

फेसबुक प्रतिक्रियाहरु