मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका मूलखर्कमा फुटबल प्रतियोगिता उत्साहजनक हुँदै
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका मूलखर्कमा फुटबल प्रतियोगिता उत्साहजनक हुँदै

जुनेली न्यूज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिकामा फूटबलको महा कुम्भ मेला भै रहेको छ। गोकर्णेश्वर नगरपालिका तथा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समितिको आर्थिक सहयोगमा मूलखर्क युवा क्लबले आयोजना गरेको मूलखर्क कप – २०८० चली रहेको छ।

खुल्ला फुटबल प्रतियोगितामा ३ ओटा नगरपालिका र एउटा महानगरपालिका भित्रको क्लबहरुको आकर्षक फूटबल खेल प्रतिस्पर्धा भैरहेको छ। आज २१ गते चौथो दिनमा एउटा प्रि-क्वाटरफाइनल खेल र तीन क्वाटरफाइनलका खेलहरू सम्पन्न भएको छ। प्रि-क्वाटरफाइनल खेलमा ग्राम बन्धु क्लब -आरूबरीले ट्राईब्रेकरमा छो-रोल्प कन्सट्रक्सन क्लबलाई पराजित गर्दै विजय भएको छ भने क्वाटरफाइनलका तर्फको तीन खेलमा सुन्दरीजल जुझाारु युवा क्लब (गोकर्णेश्वर नगरपालिका) जर्सिङ पौवा (लामा गाईज ) युवा क्लब (शंकरापुर नगरपालिका) र बौद्ध आजिमा युवा क्लब-बौद्ध (काठमाडौं महानगरपालिका) विजय भएको छ ।

भोलि २२ गते सुन्दरीजल युवा क्लब र ग्राम बन्धु युवा क्लब बीच विहान १०:३० बजे त्यसैगरी जर्सिङ पौवा (लामा गाईज) युवा क्लब र सुन्दरीजल युवा क्लब बिच दिउँसो १२:१५ बजे फुटबल प्रतियोगितामा हुने भएको छ।

फेसबुक प्रतिक्रियाहरु