सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ‘पडवे’ सञ्चालनको नीति बनाउन बागमती सभ्यताले बुझायो मन्त्रालयलाई चिठी
विकास निर्माण

‘पडवे’ सञ्चालनको नीति बनाउन बागमती सभ्यताले बुझायो मन्त्रालयलाई चिठी

जुनेली न्यूज, काठमाडौं।

अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले पड वे संचालनका लागि नितिगत व्यवस्था गर्न शहरी विकास मन्त्रालयलाई अनुरोध गरेको छ।

 

समितिले अनुरोध गर्दै मन्त्रालयलाई पत्र लेखेको छ। पत्रमा भनिएको छ` उपरोक्त विषयमा उपत्यकाका नदी करिडोरमा ट्राफिक जाम कम गर्न micro rail podway संचालनको सम्बन्धमा यश समितिको मिति २०८० जेठ १० गते बसेको ७१ औं वैठकमा सो प्रविधिबारे छलफल भइ तहां मन्त्रालयमा नितिगत व्यवस्थाको लागि अनुरोध गर्ने निर्णय भएबमोजिम कार्यकारी समितिको बोर्ड वैठकको निर्णय पाना (२) यसै पत्रसाथ संलग्न राखी पठाएको व्यहोरा अनुरोध छ।´

 

यस प्रविधीको सम्भावनाको बारे विकास समितिले विभिन्न चरणमा काठमाडौं महानगर लगायत उपत्यकका सरोकारवाला १३ वटा नगरपालिकासंग कार्यशाला गोष्ठी गरेको थियो।

 

समितिले माइक्रो रेल पड वे प्रविधी छिटो छरितो, प्रदुषण रहित, विश्वसनीय प्रविधि र उपत्यकाको नदि करिडोरमा सहजै संचालन गर्न सकिने भन्दै १३ वटा नगरपलिकाका प्रतिनिधीहरुसंग ३ चरणमा कार्यशाला गोष्ठी गरेको थियो। जसमा विकास समिती १३ नगरपालिकाका प्रतिनिधि र काठमाडौ पडवे प्रा.लि. का प्रतिनिधिहरु सम्मिलित थिए।

 

विकास समितिको नगरकोटमा भएको गोष्ठीमा ६ वटा नगरपालिका, बानेश्वर इन्द्रेणी होटलमा भएको गोष्ठीमा ३ नगरपालिका र पातलेवनमा भएको गोष्ठीमा ४ नगरपालिकाको सहभागिता रहेको थियो। सो गोष्ठीमा हालको काठमाडौको जाम हटाउने विकल्पको रुपमा पडवे उपयुक्त विकल्प हुने भन्दै यसको संचालनको साम्भाव्यता अध्ययन गर्न विद्यमान नितिले मात्र नहुने भन्दै छिटो साम्भाव्यता अध्ययन र निर्माणका लागि सरकारी स्तरमा नितिगत रुपमा व्यवस्था गरी सहजीकरण गर्ने निर्णय भएको काठमाडौं पडवे प्रा लिका उपाध्यक्ष निल भट्टराईले जानकारी दिए।

 

उनका अनुसार यो प्रविधी अहिले सम्मकै आधुनिक र आर्टिफिसियल इन्टेलिजेन्स बाट संचालन हुने र कम समयमा कम लागतमा छिटो निर्माण सम्पन्न हुने रहेको र हाम्रो काठमाडौं जस्तो सांघुरो ठाउँमा संचालन गर्न उपयुक्त रहेको उनले बताए ।

 

तुलनात्मक रुपमा पडवे लाई अन्य प्रविधी मेट्रो रेल, मोनोरेल भन्दा कम समयमा निर्माण गर्न सकिने साथै मेट्रो रेल मोनो रेल जति ठाँउको आवश्यकता पनि नपर्ने र स्ट्रींग प्रविधिमा आधारित रहेको र जमिनभन्दा माथि आवश्यकता अनुसारको उचाइमा संचालन गर्न सकिने उनको दाबी छ।

 

यो प्रविधी अन्य मेट्रो रेल, मोनोरेल र केबलकार भन्दा कम लागतमा निर्माण गर्न सकिने उनले बताए। साथै क्षमताको हिसाबले मोनोरेल र मेट्रोरेल जत्तिकै संख्यामा यात्रुओसारपसार गर्न सकिने उनले बताए। हाल यो प्रविधिमा दुबईमा निर्माण सम्पन्न भइ पडवे संचालनमा आउने तयारीमा रहेको पनि उनले बताए।

फेसबुक प्रतिक्रियाहरु