बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपालमा मर्यादाक्रमको नवौं स्थानमा बालेन शाह, अरु मर्यादाक्रम हेर्नुहोस्
Breaking News

नेपालमा मर्यादाक्रमको नवौं स्थानमा बालेन शाह, अरु मर्यादाक्रम हेर्नुहोस्

जुनेली न्युज, काठमाडौँ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपालको मर्यादाक्रममा नवौं स्थानमा परेका छन् । उनलाई नेपाल सरकारका पूर्व मन्त्री सरहको हैसियत दिएको छ।

नवौँमा नेपाल सरकारका सहायकमन्त्री, प्रतिनिधि र राष्ट्रिय सभाका सदस्य, नेपाल सरकार पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, काठमाडौँ महानगरपालिकाको प्रमुख, प्रदेशसभाका विभिन्न समितिका सभापति, संविधानसभाका सदस्य र पूर्वसांसद छन्।

नयाँ मर्यादाक्रमको पहिलो सूचीमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौँमा प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्ष छन्।

छैटौँमा पूर्वराष्ट्रपति, पूर्वराजा, उप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र प्रदेश प्रमुख रहने व्यवस्था गरिएको छ।

मर्यादाक्रमको सातौँ नम्बरमा संघीय मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख, विपक्षी दलका नेता, नेपाल रत्न मानपदवी पाउने महानुभावहरू, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलको उपनेता, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्री छन्।

आठौँमा नेपाल सरकारका राज्यमन्त्री, प्रतिनिधिसभाका सत्ता पक्षका प्रमुख सचेतक, प्रतिनिधिसभा विपक्षी दलका प्रमुख सचेतक, प्रतिनिधि र राष्ट्रियसभाका विभिन्न समितिका सभापति, संवैधानिक निकायका प्रमुख, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन्।

यस्तै सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद् सदस्य, महान्याधिवक्ता, राष्ट्रियसभामा सत्तापक्षका नेता, प्रमुख सचेतक, प्रदेशसभाका सभामुख, नेपाल सरकारका मुख्य सचिव र प्रधानसेनापति पनि आठौँ नम्बरमा छन्।

नवौँमा नेपाल सरकारका सहायकमन्त्री, प्रतिनिधि र राष्ट्रिय सभाका सदस्य, नेपाल सरकार पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, काठमाडौँ महानगरपालिकाको प्रमुख, प्रदेशसभाका विभिन्न समितिका सभापति, संविधानसभाका सदस्य र पूर्वसांसद छन्।

दसौँ मर्यादामा प्रदेश सरकारका सहायक मन्त्री, प्रदेश सभाका सचेतक, संवैधानिक निकायका सदस्य तथा आयुक्तहरू, राष्ट्रिय योजना आयोगका सदस्य, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्यरजिस्ट्रार छन्। राष्ट्र बैँकको गभर्नर, प्रज्ञाप्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति, नेपाल सरकारका सचिव, एवं राजपत्रअंकित विशिष्ट श्रेणीका अधिकृत, काठमाडौँबाहेक अन्य महानगरपालिकाका प्रमुख पनि दसौँमा छन्।

एघारौँमा राष्ट्र गौरव मानपदवी पाउने महानुभावहरू, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्क महासचिव, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख छन्।

 

 

 

फेसबुक प्रतिक्रियाहरु