बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • जोरपाटीमा निशुल्क स्वास्थ्य जाँच र औषधि वितरण
गोकर्नेश्वोर बिशेष

जोरपाटीमा निशुल्क स्वास्थ्य जाँच र औषधि वितरण

जुनेली न्यूज, काठमाडौं ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ द्धारा निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण कार्यक्रम गरेको छ । वडा अध्यक्ष नारायण सुवेदीको पहलमा यस भन्दा अघि पनि जनताको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न समयमा स्वास्थ्य शिविरका कार्यक्रमहरु संचालन गरेका थिए।

आज वडा भित्रका जेष्ठ नागरिक, महिला, वृद्ध सबैलाई निशुल्क स्वास्थ्य जाँच गरी आवश्यक परे निशुल्क औषधि समेत वितरण गरिएको थियो।

कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसाल , नगर प्रवक्ता तथा वडा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा ६ का वडा अध्यक्ष नवराज लामा , वडा ५ का वडा सदस्य धर्म थिङ ा लामा, लक्ष्मी पुडासैनी , श्री योगी । कमला नेपाली लगयातको उपस्थिति रहोको थियो ।

फेसबुक प्रतिक्रियाहरु