बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कोरोनको कारण बन्द गरिएको बौद्धनाथको प्रवेशद्वार खुल्ला गरिएको छ
Breaking News

कोरोनको कारण बन्द गरिएको बौद्धनाथको प्रवेशद्वार खुल्ला गरिएको छ

जुनेली न्युज, काठमाडौं।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्यको प्रवेश द्वार सर्वसाधारण र बिदेशी पर्यटकहरुको लागि खुल्ला गरिएको छ । बौद्धनाथ क्षेत्रमा आउने पर्यटक र सर्वसाधारणका लागि पहिले माथिको खुड्किला (लोटस प्लेट) सम्म गएर महाचैत्य घुम्न दिने गरिएकामा कोरोनाको महामारी फैलिए संगै बन्द गरिएको थियो ।

कोरोना कहर कम संगै नेपाल सरकारले अन्य सम्पदा क्षेत्रमा समेत सर्वसाधारण र बिदेशी पर्यटकहरुको लागि खुल्ला गरिसकेको अवस्थामा बौद्ध नाथ महाचैत्यको प्रवेश द्वारमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले ताला लगाएको र आफ्नो पाउनाहरुलाई मात्र प्रवेश गराउदै आएको दर्शनार्थी, पर्यटक तथा भक्तजनको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन अनुसार बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष राजकुमार लामाको नेतृत्व तथा पहलमा काठमाडौं महानगरपालिका वडा नं ६को प्रतिनिधि ,प्रहरी वृत बौद्धको प्रतिनिधि, श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्तीमाया तामाङ ,सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, राग्वा शेर्पा, शैलेश श्रेष्ठ लगायत स्थानीयको रोहवरमा लगाइएको ताला खोलि स्वदेशी तथा बिदेशी धार्मिक श्रदालु तथा पर्यटकहरुलाई विचरणको लागि लोटस प्लेट सम्म खुल्ला गरिएको समितिले जानकारी गराएको छ ।

उनले सम्पदामा परिसर भित्र उच्छृङ्खल गतिबिधि गर्न नदिने बताउदै धार्मिक आस्थामा आँच आउने किसिमका गतिबिधि समेत हुन नदिने जानकारी गराएका छन ।

फेसबुक प्रतिक्रियाहरु