बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरबासीलाई निशुल्क ब्लड उपलब्ध गराउने मेयर रिसालको निर्णय, नेपाल मेडिकल कलेजसंग सम्झौता
Breaking News

गोकर्णेश्वर नगरबासीलाई निशुल्क ब्लड उपलब्ध गराउने मेयर रिसालको निर्णय, नेपाल मेडिकल कलेजसंग सम्झौता

अब नगर बासीले रगत नपाउने चिन्ता गर्नु पर्दैन, प्रकियाको लागि नगरपालिका पनि धाउनु पर्दैन यहि हस्पिटलमा नै नगरपालिकाको कर्मचारी राखेर सेवा उपलब्ध गराउछु"

जुनेली न्युज, काठमाडौँ

काठमाडौँ गोकर्णेश्वर नगरबासीलाई निशुल्क ब्लड उपलब्ध गराउने निर्णय भएको छ | गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपाल मेडिकल कलेज र नगरपालिका बीच भएको सम्झौतामा यस नगरपालिका भित्र स्थायी बसोबास गर्ने बासिन्दाहरु बिरामी भएर रगत चाहिएमा नगरपालिकाले हस्पिटल संग शम्झौता भए बमोजिम निशुल्क रगत उपलब्ध गराउने निर्णय भएको हो |

कार्यक्रममा बोल्दै मेयर रिसालले भने ” मेरो पनि ब्लड बैंक स्थापना गर्ने र नगरबासीलाई निशुल्क ब्लड उपलब्ध गराउने सपना थियो आज यस हस्पिटलले स्थापना गरे पछी झन् सजिलो भएको छ, अब नगर बासीले रगत नपाउने चिन्ता गर्नु पर्दैन, प्रकियाको लागि नगरपालिका पनि धाउनु पर्दैन यहि हस्पिटलमा नै नगरपालिकाको कर्मचारी राखेर सेवा उपलब्ध गराउछु” उनले भने |

No description available.

गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल मेडिकल कलेजले ब्लड बैंक स्थापना गरे संगै आज नगरपालिका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, र सोहि वडाका वडा अध्यक्ष नन्दलाल श्रेष्ठको उपस्थितिमा ब्लड बैंक उद्घाटन गरिएको हो | अब यस क्षेत्रमा रक्तदान कार्यक्रम भयो भने कार्यक्रम आयोजकले सोहि हस्पिटल संग समन्यन गरेर रक्तदान कार्यक्रम गर्न समेत अनुरोध गरेका छन् |

No description available.

 

 

फेसबुक प्रतिक्रियाहरु