सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्थानीय तहलाई कर्मचारी भर्नामा कडा गर्दै संघिय सरकार
Breaking News

स्थानीय तहलाई कर्मचारी भर्नामा कडा गर्दै संघिय सरकार

जुनेली न्युज, काठमाडौं । संघीय सरकारले स्थानीय तहहरुलाई आफूखुशी कर्मचारी दरबन्दी सिर्जना गर्न कडाइ गरेको छ । स्थानीय तहहरुले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) बनाई अनावश्यक जनशक्ति भर्ना गर्न खोजेको भन्दै संघीय सरकारले अंकुश लगाउन खोजेको हो ।

गत २ पुसमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले स्थानीय तहहरु आफैंले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी ठूलो संख्यामा दरबन्दी स्वीकृतिको लागि प्रदेश सरकार समक्ष पठाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु