शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम
गोकर्नेश्वोर बिशेष

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको ५ औं महाधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । गोविन्द गिरीको नेतृत्वमा २०६५ सालमा स्थापना भएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा दुई कार्यकाल गिरीले नेतृत्व गरेका थिए भने हरिबल्लभ नेपालले २०७१ देखि हालसम्म नेतृत्व सम्हालेका थिए ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि दुलाल निर्वाचित भए भने सचिवमा कमल सरगम, सहसचिवमा शिवराम भण्डारी निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा शरण प्रसाद हुमागाईं, सहसचिवमा कल्पना रेग्मी निर्वाचित भए ।

त्यसैगरी सदस्यहरुमा सबिता पोखरेल, तुलबहादुर परियार, शिखर गजरकोटे, करिश्मा केसी, गोपिकृष्ण चापागाईं, बाबुराम सिग्देल, कविराज ढकाल, विनिता कुँवर क्षेत्री निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु