मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अनाथाहरुका साहारा बनेका कामे मगरको दुवै मृगौला फेल, भन्छन अब यी अनाथ बालबालिकाको भबिष्य के होला
गोकर्नेश्वोर बिशेष

अनाथाहरुका साहारा बनेका कामे मगरको दुवै मृगौला फेल, भन्छन अब यी अनाथ बालबालिकाको भबिष्य के होला

जुनेली न्युज, काठमाडौँ |

काठमाडौँ गोकर्णेश्वर नगरपालिकामा वडा नं ४ मा संचालित सोलु बालकल्याण अनाथालय संस्थाका संस्थापक अध्यक्ष कामे मगरको दुवै मृगौला फेल भएको छ | २०६८ सालदेखि अनाथ, बेसहारा, गरिब दिनदुखि,  अपाङ्ग बालबालिकाहरुको बुबा बनेर सहारा दिई रहेका उनि आफैलाई अहिले सहारा चाहिएको छ | करिब १२ अघि देखि अनाथालय संचालन गरि २० भन्दा बढी अनाथ बालबालिकाहरुलाइ सेवा दिदै आइरहेका छन्|

बिगत १ वर्ष अगाडी देखि उनि निरन्तर उपचारमा थिए | उपचारको लागि भारतको ठुला ठुला अस्पतालसम्म गएर उपचार गरेको थिए| पछी उनलाई दुवै मृगौला फेल भएको भनि डाक्टरले भने पछी उनि छानाबाट छर्लङ्ग खसे जस्तो भए | अहिले उनले मृगौलाको डाइलासिस गराइरहेका छन् | सोलिखुम्बुको बिकट गाउमा जन्मेका उनले पर्यटनको क्षेत्रमा लामो समय कार्य गर्दा गर्दै समाजसेवाको क्षेत्रमा कार्य गर्न मन लगेर बाल आश्रम वा अनाथालय खोलेका हुन् | सोलुखुम्बामा जन्मेका उनि हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् |

मगरका १ श्रीमती र ४ सन्तान छन् | छोराछोरी भने हुर्की सकेका उनले बताए | उनि भन्छन “म मरेर गए पनि मैले संघर्ष गरेर यहाँ सम्म ल्याएको संस्था र संस्थामा रहेका अनाथ बालबालिकाहरुको भबिष्य राम्रो होस्” |  “मेरो अनाथालयमा रहेका २० जना छोराछोरीको लागि बस्ने एउटा बास बनाउन पाए मेरो मन आनन्द हुन्थ्यो ” आँसु झार्दै उनले भने ||

एक महिना अगाडी मृगौला फेल भएको भनि डाक्टरले भनेको भए पनि उनले परिवार बाहेक कसैलाई थाहा दिएका थिएनन् तर सबैको साथ सहारा र सहयोग चाहिने भए पछी सबै इस्टमित्र साथीभाईहरुलाई खबर गरेको भनि उनले जुनेली न्युजलाई बताए |

सहयोगको लागि सम्पर्क:

९८५१०९५०७१ कामे मगर

९८४४२८०४१४ जुनेली न्युज  

 

उनको अनाथालय संस्थाको परिचय 
१. संस्था सम्वन्ध सामान्य सूचना :
क) संस्थाको पुरा नाम नेपालीमा : सोलु बालकल्याण अनाथालय संस्था, २०७९
ख) संस्थाको पुरा नाम अंग्रेजीमा :Solu Child Welfare Orphanage Association
ग)  छोटकरीमा नाम भएमा : SCWOA
घ) संस्था स्थापना भएको साल : २०६८/०९/०४
ङ) संस्थाको दर्ता नं. ६२८ दर्ता मिति : २०६८/०९/०४
च) संस्था दर्ता भएको जिल्ला, सरकारी निकायको नाम : जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं ।
छ) समाज कल्याण परिषद्को आबद्धता न. : ३३९७६ मिति २०६८/०९/०७

ञ) संस्थाको उद्देश्यहरु :
१. प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ ।
२. प्रत्येक बालवालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहा खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ ।
३. प्रत्येक बालवालिकालाई प्रारम्भिक बाल विकास तथा वाल सहभागिताको हक हुनेछ ।
४. कुनै पनि बालवालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।
५. कुनै पनि बालवालिकालाई बाल विवाह, गैर कानूनी ओसार पसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।
६. कुनै पनि वालवालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन । ७. कुनै पनि बालवालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।
८. प्रत्येक बालवालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।
९)असहाय, अनाथ, अपांगता भएका द्वन्दपीडित, विस्थापित एवम् जोखिममा रहेका वालवालिकालाई राज्यबाट बिशेष संरक्षण र सुविधा पाउन हक हुनेछ ।
१०) उपदफा ४, ५, ६ र ७ बिपरितका कार्य कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालवालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

ट) संस्थाले हालसम्म गर्दै आएका मुख्य क्रियाकलापहरु :
१. संस्था स्थापनाकालदेखि हालसम्म १८ जना वालवालिका रहदै आएको र १६ जना बालवालिका पास आउट गरि सकेको ।
२. वालवालिकाहरुलाई खाना, खाजा, विद्यालय शुल्क, घुमाउन, बस भाडा समेत प्रदान गर्दै आएका छौ ।
२. बालवालिकाहरुको कानूनमा समावेश हुनुपर्छ भनि सम्वन्धित निकायमा संस्थाको तर्फबाट आवश्यक पहल गर्दै आएका छौं ।
३. नेपाल सरकार र सम्वन्धित नगरपालिकाका वडाहरुमा आवश्यक पहल गरि बालवालिकाहरुको हक अधिकार सुरक्षित तथा सुनिश्चत गर्न विभिन्न कार्यक्रम संचालन गर्दै आएका छौं ।’

४. वालवालिकाहरुको दीर्धकालिन समस्या समाधानको लागि नेपाल सरकार तथा स्थानीय निकायमा समेत आवश्यक पहल कदमी अगाडी बढाउँदै आएका छौं ।

 

फेसबुक प्रतिक्रियाहरु