शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर समितिको अवलोकन भ्रमण
गोकर्नेश्वोर बिशेष

योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर समितिको अवलोकन भ्रमण

जुनेली न्यूज, काठमाडौं।

योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर कार्य समितिको आयोजनामा २ दिने अवलोकन भ्रमण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

समितिले बैशाख १८ र १९ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका १० स्थित ऐतिहासिक गाउँ चित्लाङमा अवलोकनका साथै वनभोज आयोजना गरेको थियो । योगदान राष्ट्रको लागि केन्द्रीय कोषाध्यक्ष दीर्घराज भट्टराई, केन्द्रीय सदस्य एवं प्रवक्ता हिरण्यराज उप्रेती, केन्द्रीय सदस्य केशवप्रसाद दंगाल, केन्द्रीय सदस्य उद्धव ढकाललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अवलोकन भ्रमण टिममा गोकर्णेश्वर नगर कार्य समितिका पदाधिकारीहरुको उपस्थिति थियो । समितिका अध्यक्ष कृष्ण प्रसाद चौलागाइको नेतृत्व भएको भ्रमणको क्रममा चित्लाङ गाउँ परिसरमा भ्रमण गरिएको थियो । नेपालमै पहिलो पटक बाख्राको दूधबाट बनेको चिज फ्याक्ट्री, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र सातधारा, नास्पति बगाँन, स्वच्छन्द भैरव माध्यमिक विद्यालय परिसरमा रहेको ऐतिहासिक दुईवटा दरबार, गाउँमा निर्माण भएका संरचनाहरु, तरकारी खेतीलगायतका साथै कुलेखानीमा स्थित इन्द्रसरोवर को पनि अवलोकन गरिएको थियो ।

अवलोकन सकिएपछिको औचापरिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य एवं प्रवक्ता हिरण्यराज उप्रेतीले कार्यक्रम आयोजना गर्ने गोकर्णेश्वर नगर समितिलाई धन्यवाद दिनुभयो । योगदान राष्ट्रको लागि संस्थाले हाल ६५ जिल्लामा समिति गठन गरिसकेको जानकारी गराउनुहुँदै ७ सय ५३ वटै स्थानीय तहमा समिति बनाउने उद्देश्यले अभियान अघि बढेको बताउनुभयो । संस्थाले एक घर, एक प्राथमिक उपचारक तयार गर्ने हेतुले प्राथमिक उपचार सम्बन्धी तालिम, जनचेतनाको कार्यक्रम गर्दै आएको उप्रेतीले बताउनुभयो ।

उहाँले संस्थामा जोडिएर समाजको योगदानमा अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।

गोकर्णेश्वर नगर समितिका अध्यक्ष कृष्णप्रसाद चौलागाईले अवलोकन भ्रमणबाट नयाँ ज्ञान प्राप्त हुने र मनोरञ्जन पनि हुने भएकाले आयोजना गरेको बताउनुभयो । प्राकृतिक तथा ऐतिहासिक स्थल छनौट गरेर कार्यक्रमका लागि आएको बताउनुभयो । उहाँले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रको सञ्चालन समितिका सचिव रिता नेपालले गर्नुभएको थियो ।

उक्त टोलीले चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर तालको पनि अवलोकन गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु