शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • पूर्व विद्यार्थीले गरे आफू पढेको स्कूललाई सहयोग
Breaking News

पूर्व विद्यार्थीले गरे आफू पढेको स्कूललाई सहयोग

जुनेली न्यूज, काभ्रे।
आफू पढेको स्कुलमा पूर्व विद्यार्थीहरुले सहयोग गरेका छन्। हाल अमेरिका रहेका केभिन श्रेष्ठ, काठमाडौं बासी सुरेश काजी श्रेष्ठ र हाम्रो सुनौलो संसार बाल आश्रमको समन्वयमा शैक्षिक सामग्री वितरण गरिरहेका हो।

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ९ को श्री उमा विद्या मन्दिर आधारभूत विद्यालयमा स्कूल युनिफर्म, झोला र शैक्षिक सामग्री प्रदान गरिएको हो।

आफू पढेको स्कुलमा सकेको सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि थप सहयोग गर्ने पूर्व विद्यार्थी सुरेश काजी श्रेष्ठले बताए।

 

फेसबुक प्रतिक्रियाहरु