शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने प्रक्षेपण
राष्ट्रपति

नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने प्रक्षेपण

जुनेली न्युज,

भारतमा सातौं र अन्तिम चरणको लोक सभा चुनाव सकिएसँगै एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धनले तेस्रोपटक चुनाव जित्ने प्रक्षेपण गरेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार लगभग सबै एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन्।

त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले १३० सिट वरिपरि जित्ने प्रक्षेपण गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु