शनिबार, साउन १२, २०८१
  • होमपेज
  • बागमती करिडोर गोकर्णेश्वरमा भोलि बृहत वृक्षारोपण हुदै
गोकर्नेश्वोर बिशेष

बागमती करिडोर गोकर्णेश्वरमा भोलि बृहत वृक्षारोपण हुदै

जुनेली न्युज, काठमाडौँ |

विश्व वातावरण दिवसको अवसरमा भोलि बागमती करिडोर आसपासमा बृहत वृक्षारोपण हुने भएको छ | गोकर्णेश्वर नगरपालिका र आकाशा एकेडेमीको संयुक्त आयोजनामा हुने बृक्षारोपण कार्यक्रममा १००० भन्दा बढी बिरुवा रोप्ने आयोजक टिमले बताएको छ | भोलि बिहान ९ बजे देखि वृक्षारोपण हुने छ |

बिशेष गरि आकाशा एकेडेमी नामको संस्था जर्मनमा केन्द्रीय कार्यालय भएको  प्रकृति क्षेत्रमा कार्य गर्ने एक सामाजिक संस्था हो | सोहि संस्थाको सहयोगमा गोकर्णेश्वर नगरपालिकाको विभिन्न स्थानमा वृक्षारोपण गर्ने भएको हो | सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाले सहकार्य गरेको हो |

विभिन्न स्कुलका बिधार्थी, विभिन्न संघ संस्था सहितको सहभागितामा हुने बृक्षारोपण भब्य हुने गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले बथाउनु भयो |

फेसबुक प्रतिक्रियाहरु