मङ्लबार, चैत्र ६, २०८०

हाम्रो बारेमा

हामी के हौं ?

 जुनेली नेपाल मिडिया प्रोडक्सन  प्रा.लि. द्वारा सञ्चालित जुनेली न्युज  नेपाली भाषाको नेपालको अनलाइन समाचार पत्रिका हो । यो जुनेली नेपाल मिडिया प्रोडक्सन  प्रा.लि. बि.स. २०७६ फाल्गुन १९ गते देखि कम्पनि  दर्ता भएर   संचालनमा रहेको हो  भने डोमेन  रुपमा www.junelinews.com सहित बि.स. २०७६ फागुन महिनामा देखि  नै संचालन भै रहेको छ |

नेपाली जनताले गरेका दशकौंदेखिको संघर्ष, त्याग तथा नेपाल आमाका हजारौं सन्तानको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल राष्ट्र पाएका छौँ । यो परिवर्तनको रक्षा र नेपाल र नेपाली नागरिकको भलोका लागि अहोरात्र संघर्ष गर्न हामी तयार छौं ।
राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी समर्पित छौं ।

राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित जुनेली न्युज चाँडो चाँडो ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन, समाजका यथार्थ घटना र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुन्छन् । त्यसैगरी, विश्वभर छरिएर रहेको नेपालीहरुको हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि पोस्ट हुन्छन् ।
डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ । साथमा सातै प्रदेशको समाचार प्राथमिकताका साथ प्रकाशित हुन्छ ।

हामी के गर्छौं ?

जुनेली न्युज  सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्धसमेत बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न चाहन्छ ।
जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरु नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् । तर जुनेली न्युजले त्यस्तो गर्दैन । । राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको रातो अविर लगाइदिन्छौं । हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिच्किचाहट रातो चिन्ह पनि लगाइदिन्छौं ।

प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौं हामी । जो कसैले गरेको भएपनि राम्रो कामलाई राम्रो भन्छौं अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौं । पेशाप्रतिको निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ ।
हामीलाई थाहा छ , नागरिकको पनि कर्तव्य हुन्छ र राष्ट्रप्रमुखको पनि अधिकार हुन्छ । हाम्रो मुख्य दायित्व भने आवाज विहीन आमनागरिकको हक-अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आआफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो । नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आआफ्नो कर्तव्य र जिम्मेवारीमा- मुलुकको सुरक्षा गर्न, समाजमा अमनचयन राख्न, नागरिकलाई सेवा प्रदान गर्न, विकास निर्माण तीब्र पार्न- इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्ने हाम्रो अभिप्राय हुनेछ ।

निजी क्षेत्रका गतिविधिमाथि पनि हामी निरन्तर निगरानी गर्छौं । भुइंफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हाम्रो अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो ।

पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं । के भयो मात्र हैन, तिनको पृष्ठभूमि र तिनबारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आँकलन पनि गर्छौं हामी ।
त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको आडमा काम गर्नेछौं |

हामी को हौं ?

सुबास बराइली (बुलबुल) जुनेली नेपाल मिडिया प्रोडक्सन  प्रा.लि.  (जुनेली न्युज ) को संचालक अध्यक्ष हुन् । जुनेली न्युज  सुबास बराइली (बुलबुल) को नेतृत्त्वमा २०७६ फागुन देखि सुरु भएको हो । जुनेली न्युजकाको संचालक अध्यक्ष  १ फागुन , २०७६ देखि  रहेका छन् । डब्लु नेपाल डटकम, कपन अनलाइन, आलोचना साप्ताहिक, बज्र बार्षिक पत्रिका, आदिमा संवाददाता र सम्पादकको भूमिकामा काम गरिसकेका बुलबुलले पत्रकारिता बिषयमा स्नातक गर्नु भएको छ |

हामी के चाहन्छौं ?

तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.junelinews.com लगइन गरेर वा  Twitter, Facebook, YouTube लगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ ।

जानाकारी
यो वेबसाइटमा भएका सामग्रीका सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्तिमाथिको अधिकार जुनेली न्युज डटकम www.junelinews.com र यसबाट अनुमति प्राप्त निकाय वा संस्थाहरूमा निहित रहेकाले यसका सामग्री कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्नुअघि अनुमति लिनु होला ।

गैर व्यापारिक निजी प्रयोजनमा बाहेक जुनेली न्युज डटकम www.junelinews.com को सामग्री नक्कल गर्न, तोडमोड गरेर वा हुबहु फेरि प्रकाशित गर्न अथवा डाउनलोड गर्न, पोष्ट गर्न, प्रसारण गर्न वा अन्य कुनैपनि गैह्रकानुनी कार्य गर्न पाईदैन । जुनेली न्युज डटकम www.junelinews.com को पूर्व स्वीकृति बिना ती कार्य गरिएमा नेपालको र अन्तर्राष्ट्रिय कपिराइट कानुन वा अन्य कानुनबमोजिम कारबाहीको भागिदार हुनुपर्नेछ ।

हाम्रो समूह

सुभाराज बराइली / अनिल बराइली

सुभाराज बराइली / अनिल बराइली

क्यामेरा म्यान

उमेश प्रसाद दाहाल

उमेश प्रसाद दाहाल

डिजाइनर

मिलन घिमिरे

मिलन घिमिरे

संवाददाता

देवी सापकोटा

देवी सापकोटा

सम्पादक

डा. मधु सुदन न्यौपाने

डा. मधु सुदन न्यौपाने

सल्लाहकार

सुबास बराइली (बुलबुल)

सुबास बराइली (बुलबुल)

संचालक अध्यक्ष /CEO

हामीले सेवा गर्यौँ