मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काठमाडौंको गोकर्णेश्वरमा चल्यो गोली, १ युवा घाइते
गोकर्नेश्वोर बिशेष

काठमाडौंको गोकर्णेश्वरमा चल्यो गोली, १ युवा घाइते

काठमाडौं । लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंमा गोली चलाएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको हो।

तीन वटा मोटरसाइकल चढेर लुटेरा समूह आएका थिए। प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो।

‘लुटेराहरू लुट्न आउँदैछ भन्ने सूचना पाएका थियौं। सोअनुसार प्रहरी टोली पुगेको थियो,’ उनले भने, ‘प्रहरीलाई देखेर उनीहरूले पेस्तोल ताकेपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिन गोली चलाएका हौं।’

प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

जितेन लामा र शान्ता लामा प्रहरीको नियन्त्रणमै छन्। उनीहरूबाट एउटा पेस्तोल र पाँच राउण्ड गोली बरामद भएको छ। उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन।

फेसबुक प्रतिक्रियाहरु