बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • पिकनिकमा खाना असुल्झिएर मेयरको स्वकीय सचिवको निधन, वडा अध्यक्ष अचेत
रामेछाप बिशेष

पिकनिकमा खाना असुल्झिएर मेयरको स्वकीय सचिवको निधन, वडा अध्यक्ष अचेत

५ फागुन, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको अकास्मत निधन भएको छ । उनलाई हृदयाघात भएको दाबी गरिएको छ । तर प्रत्यक्षदर्शिको अनुसार चिउरा अशूल्जिएर उनको मृत्यु भएको दाबी गरिएको छ । यद्दयपी डाक्टरले सो कुरा पुष्टि गर्न बाँकी छ। उनी नगरपालिकाकै वडा नं ७ मुडेखोला निवासी हुन् ।

४८ वर्षीय श्रेष्ठको शनिवार आज नगरकै वडा नं ७ सुकाजोर स्थित तारा खसे पोखरीमा वनभोजमा गएको बेलामा एक्कासि अस्वस्थ हुँदा निधन भएको हो ।

नगरका कर्मचारीहरूको वनभोज थियो । हामी सबै बिहानै गएका थियौँ, उहाँ पछि आउनु भएको थियो । आएर दुई चम्चा चिउरा खानु भएको रहेछ, तत्काल पसिना आएपछि डाक्टरहरू सबैको सल्लाहमा सितल्लमा रेस्ट पनि गर्नु भयो, त्यसपछि जिल्ला अस्पताल ल्याइएको थियो । लगत्तै डाक्टरले मृत घोषणा गरे, प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले बत

उनको शव जिल्ला अस्पतालमा रहेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।

घटनापछि नगरकै प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समीर कार्की पनि अचेत अवस्थामा रहेका छन् । उनलाई के भएको हो भन्ने थप खुलेको छैन । उनको जिल्ला अस्पतालमा उपचार जारी छ ।

श्रेष्ठको निधनले नगरपालिका शोक मग्न भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले अनुसन्धान भइरहरहेको बताएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु