बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • मेलम्चीको पानी गोकर्णेश्वरमा खुवाउने व्यबस्था नगरी महानगर नपठाउने मेयर रिसालको अठोट
गोकर्नेश्वोर बिशेष

मेलम्चीको पानी गोकर्णेश्वरमा खुवाउने व्यबस्था नगरी महानगर नपठाउने मेयर रिसालको अठोट

गोकर्णेश्वरलाइ हेला गरि एकलौटी महानगरमा मात्र पानी लगे अबरोध गर्ने कार्यपालिकाले निर्णय समेत गरेको थियो |

जुनेली न्युज, काठमाडौँ |

मेलम्चीको पानि काठमाडौँ गोकर्णेश्वर नगरपालिका भित्र खुवाउने ब्यबस्था गरेर मात्र महानगरपालिका पठाउने गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले अठोट गरेका छन् |

आज सोहि बिषयमा  मेलम्ची खानेपानी आयोजनाको टिम संग बैठक बसी पानि खुवाउने ब्यबस्था गरिने निर्णय भएको नगर प्रबक्ता नारायण सुबेदीले जुनेली न्युजलाई बताए |

मेलम्ची खानेपानी आयोजनाले गोकर्नेश्वरका तोकिएका  भेगमा खानेपानीको कार्य गरे गोकर्णेश्वर नगरपालिकाले जस्तोसुकै सहयोग गर्ने मेयर रिसालको भनाइ थियो |
बिशेष गरि गोकर्णेश्वर नगरपालिकाको वडा नं ५, ६, ७, ८, र ९ मा स्थानीय स्रोत पनि नभएको र शहरिकरण बढे संगै त्यस क्षेत्रमा मेलम्चीको पानि खुवाउने ब्यबस्था गर्न मेलम्ची खानेपानीलाइ चिठी समेत लेखेका थिए |

बैठकले उल्लेखित वडाहरुमा मेलम्चीको पानि खुवाउन आवश्यक पाइपलाइन बिछ्याउने देखि सबै कार्य गर्ने निर्णय गरेको छ | बैठकमा खानेपानीको ब्यबस्था गर्न आयोजनाको टिमले तयार पारेको योजनाको समेत पर्स्तुत गरिएको थियो |

हाम्रै नगरपालिका भएर मेलम्चीको पानि जान्छ तर यस नगरपालिकाका जनता भने बत्ति मुनिको अध्यारो भएर मात्र बस्नु परेको भन्दै गोकर्णेश्वर बासीलाई पानि नखुवाए यहा बाट पानि नै नपठाउने अठोट गरेका थिए | गोकर्णेश्वरलाइ हेला गरि एकलौटी महानगरमा मात्र पानि लगे अबरोध गर्ने कार्यपालिकाले निर्णय समेत गरेको थियो |

बाँकी वडा १,२,३,र ४ लाइ भने स्थानीय स्रोत र सुन्दरीजलको पानीको व्यवस्था गरिने निर्णय भएको छ |

के हो मेलम्ची खानेपानी आयोजना |

काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा स्थायी÷अस्थायी गरी हाल करिब ३५ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । हाल उपत्यकामा दैनिक करिब ३५ करोड लिटर खानेपानीको माग रहेको अनुमान छ । काठमाडौं उपत्यकामा ४५ प्रतिशत पानीको आपूर्ति भूमिगत स्रोतबाट हुने गरेको पाइन्छ । उपत्यका भित्रका विभिन्न सतह तथा भूमिगत पानीको उपयोग भईरहेको अवस्था छ । बार्षिक ५० से.मि. देखि ३.५ मिटरसम्म काठमाडौ उपत्यकाको जमिनभित्र पानीको सतह घट्दै गएको भूगर्भविदहरूले जनाएका छन् । काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली करिब १२५ वर्ष पुरानो भएकोले ठाउँ ठाउँमा पाइपमा खिया लागेको, पाइपहरु फुटेको र भौतिक सरचना जिर्ण भएको कारण करिव ४० प्रतिशत पानी उपयोग बिहिन भएको पाइन्छ ।

मौजुदा खानेपानी प्रणालीको वितरण क्षमता हिउँदमा १० करोड लिटर र वर्षा याममा १६ करोड लिटर मात्र रहेको छ । यसको सुधारको लागि एशियाली विकास बैंकको ऋण सहयोगमा मेलम्ची खानेपानी उपआयोजना–२ अन्तर्गत वितरण प्रणाली सुधार, त्चबलकmष्ककष्यल ःबष्ल र पानी पोखरीहरुको समेत निर्माण कार्य भैरहेको छ । काठमाडौं उपत्यकाको शहरीकरण दिनानुदिन तीब्र गतिमा बढीरहेकोले उपत्यकाबासीले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न वि.सं. २०३०÷३१ देखि नै उपत्यकाभित्र र बाहिरका सतहगत स्रोतहरू अध्ययन गरी उपत्यकामा खानेपानी परिपूर्तिलाई सहज तुल्याउने प्रयास भएको थियो । २. परिचय काठमाडौं उपत्यकामा खानेपानीको मागभन्दा आपूर्तिको मात्रा अत्यन्त कम रहेको सन्दर्भमा बढ्दो पानीको मागलाई थेग्न सक्ने एकमात्र विकल्पको रूपमा मेलम्ची खानेपानी आयोजनाको अवधारणा शुरु भएको हो ।

वि.सं. २०४७ सालतिर नेपालका तत्कालीन प्रधानमन्त्री श्री कृष्ण प्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंबासीको उपयोगका लागि आपूर्ति गरिने प्रतिबद्धता सार्वजनिक गर्नु भएको थियो । मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकामा शहरी क्षेत्रको खानेपानीको माग पूरा गर्नको लागि क्रमिक रूपमा क्षमता बढाउदै लैजान सकिने एक बृहत् अन्तर–जलाधार परियोजना हो । यस परियोजनाले पहिलो चरणमा सिन्ुधपाल्चोक जिल्लाको हेलम्बु गाविस अन्तर्गत मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँनिर मुहान (हेडवक्र्स) निर्माण गरी रिवर्मादेखि सुन्दरीजलसम्म करिब २६ किलोमिटर लामो सुरुङ्गका न् द्द ँ माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकाभित्र ल्याउने उद्देश्य लिएको छ । यसै गरी क्रमशः दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७÷१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी काठमाडौंमा ल्याउने दीर्घकालीन लक्ष्यका साथ यो आयोजना सञ्चालनमा रहेको छ ।

आयोजनाको मुहान काठमाडौं उपत्यकाबाट उत्तरपूर्वतर्फ र दूरीको हिसाबले करिब २६ कि.मि. पर्ने सुन्दर हिमालको फेदीबाट कञ्चन पानी बग्ने क्षेत्र सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गा.वि.स.मा पर्दछ । सुन्दर र मनोरम एवं वातावरणीय दृष्टिले स्वच्छ पानीको स्रोत हिमाली क्षेत्र स्थित क्लयधबिलम हिमभूमि भएकोले यसको बहाव र पानीको परिमाणमा खासै गिरावट नआई नियमित रूपमा उपलब्ध भई रहन सक्ने आधार मा यो आयोजना उपयुक्त देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु