बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेश गठबन्धनका चारै जना बिजयी
Breaking News

राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेश गठबन्धनका चारै जना बिजयी

जुनेली न्युज, काठमाडौँ – राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ। निर्वाचनमा गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका हुन्।

अन्यतर्फ कांग्रेसका जीतजंग बस्नेत, महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा  र अल्पसंख्यकतर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी विजयी भए।

पुडासैनीले ६ हजार ६२२ मतभार ल्याउँदा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंले २ हजार ५५२ मतभार ल्याइन्। यस्तै, विश्वकर्माले ६ हजार ५१२ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले ३ हजार ५२ मतभार ल्याए।

यसैगरी बस्नेतले ६ हजार ५३१ मतभार ल्याउँदा एमालेका त्रिलोचन निर्मल पौडेल २ हजार ३५९ मतभार ल्याए। यस्तै, अधिकारीले ६ हजार ४३६ मतभार ल्याउँदा उनका प्रतिस्पर्धी विवेक देवकोटाले ३ हजार ७३४ मतभार ल्याए।

फेसबुक प्रतिक्रियाहरु