बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • राप्रपाका उम्मेदवारलाई हराउदै सिटौला बने राष्ट्रिय सभा सदस्य
गोकर्नेश्वोर बिशेष

राप्रपाका उम्मेदवारलाई हराउदै सिटौला बने राष्ट्रिय सभा सदस्य

जुनेली न्युज, बिराटनगर |

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु