शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काँग्रेसमा देशकै बलियो निर्वाचन क्षेत्र, एउटै पार्टीका ५ माननीय सहित जनप्रतिनिधि, पुरा हेर्नुहोस
गोकर्नेश्वोर बिशेष

काँग्रेसमा देशकै बलियो निर्वाचन क्षेत्र, एउटै पार्टीका ५ माननीय सहित जनप्रतिनिधि, पुरा हेर्नुहोस

जुनेली न्युज काठमाडौँ | नेपाली काँग्रेस पार्टीको सबै भन्दा बलियो काठमाडौँ निर्वाचन क्षेत्र नं ३ रहेको छ | यस निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका ५ जना माननीय, २ जना मेयर सहित वडा अध्यक्षहरु समेत रहेका छन् |

यस क्षेत्रमा  काँग्रेस पार्टी बाट ५ जना माननीय भएका छन् | नेपाल भर एउटा निर्वाचन क्षेत्रमा यति धेरै एउटै पार्टीको संसाद भएको क्षेत्र पनि यही हो |

यस निर्वाचन क्षेत्रमा गोकर्णेश्वर नगरपालिका सबै, कगेश्वारी मनोहरा नगरपालिकाको वडा नं १, २,३ र  काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध मिलेर बनेको छ |

यस क्षेत्रम संघिय संसद नेपाली काँग्रेस पार्टीका सन्तोष चालिसे रहेका छन् जो अर्थ समितिका सभापति समेत हुन् | तेस्तै समानुपातिक प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेत नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पनि हुन् | निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा १ र २ मा प्रदेश सभा सदस्य २ वटै ठाउमा काँग्रेसले जितेको छ|

त्यस्तै गरि भर्खर निर्वाचन पश्चात राष्ट्रिय सभा सदस्य पनि यही क्षेत्रकी नेपाली काँग्रेसबाट बिष्णु देबी पुडाशैनी बिजयी भएकी छिन |

यहि क्षेत्रमा पर्ने गोकर्णेश्वर नगरपालिकाक मेयर दिपक रिसाल पनि काँग्रेस पार्टीकै हुन् भने कगेश्वारी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की पनि काँग्रेस पार्टीकै हुन् |  त्यसै गरि यहि क्षेत्रमा पर्ने काठमाडौँ महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा पनि काँग्रेस पार्टीकै रहेका छन्|

जनप्रतिनिधिको छोटो परिचय 

१. मा. सन्तोष चालिसे 

यस निर्वाचन क्षेत्रका काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका चालिसे अघिल्लो पटक गोकर्णेश्वर नगरपालिकका मेयर रहेका थिए | हाल उनि प्रतिनिधि सभा सदस्य मात्र हैनन् संघिय अर्थ समितिको सभापति समेत रहेका छन् | उनको घर गोकर्णेश्वर नगरपालिका वडा नं ९ हो |

May be an image of 1 person and newsroom

२. मा. अम्बिका बस्नेत 

हाल समानुपातिक प्रतिनिधि सभा सदस्य र काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी अम्बिका बस्नेतको काठमाडौँ क्षेत्र नं ३ कै हुन्| अघिल्लो चुनाबमा प्रत्यक्ष चुनाब पराजित बस्नेत त्यो भन्दा पनि अघिल्लो पटक समानुपातिक साँसद भई सहकारी मन्त्रि समेत भएको थिइन् | उनको घर काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध हो |

No photo description available.

३. मा. छिरिंङ दोर्जे लामा 

हाल बागमती प्रदेश सभा सदस्य रहेका लामा  काँग्रेसका यहि क्षेत्रका महाधिबेशन प्रतिनिधि  हुन् | लामाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ प्रदेश १ बाट चुनाब जितेका हुन् | अघिल्लो पटक पनि बागमती प्रदेश सभा सदस्य रहेका थिए | उनको घर काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध हो |

No photo description available.

 ४. मा. बिमल ठकुरी 

हाल बागमती प्रदेश सभा सदस्य रहेका ठकुरी काँग्रेसका काठमाडौँ निर्वाचन क्षेत्र नं ३ प्रदेश २ का सभापति समेत हुन् | उनले सोहि ठाउँबाट चुनाब जितेका हुन् |

उनको घर काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ८ हो |

No photo description available.

५. मा. बिष्णु देवी पुडाशैनी 

लामो समय राजनीतिमा निरन्तर लागेकी पुडाशैनीले यस पटक पार्टीले न्याय गरेको छ | यहि क्षेत्र अन्तर्गत काँग्रेसकी महाधिबेशन प्रतिनिधि पुडाशैनी काँग्रेस पार्टीको भातृ संस्था नेपाल महिला संघ काठमाडौँ जिल्ला सभापति समेत हुन् | उनि अविवाहित हुन् | उनको घर कगेश्वरी मनोहरा नगरपालिका वडा नं ३ भद्रबास हो |

No photo description available.

६. दिपक कुमार रिसाल 

हाल गोकर्णेश्वर नगरपालिकाका मेयर रहेका रिसाल यहि निर्वाचन क्षेत्रका काँग्रेसका क्षेत्रीय सचिब समेत हुन् | रिसालको घर गोकर्णेश्वर नगरपालिका वडा नं ९ हो |

No photo description available.

७. उपेन्द्र कार्की 

हाल काठमाडौँ कगेश्वरी मनोहरा नगरपालिकाका मेयर रहेका कार्की भने निर्वाचन क्षेत्र नं २ का काँग्रेसका सभापति हुन् | तर उनि नगर प्रमुख भएको कगेश्वरी मनोहारा नगरपालिकाको वडा नं १, २, र ३ भने निर्वाचन क्षेत्र नं ३ मा पर्दछ |

No photo description available.

८. भुवन लामा 

हाल काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध का वडा अध्यक्ष  हुन् | उनि वडा अध्यक्ष भएको वडा पनि काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मै पर्दछ | लामा काँग्रेस क्षेत्र ३ का क्षेत्रीय सचिब समेत हुन् |

No photo description available.

 

 

फेसबुक प्रतिक्रियाहरु