शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • कृषि ज्ञान केन्द्र रामेछापले मनायो विश्व माटो दिवस (फोटोफिचर)
रामेछाप बिशेष

कृषि ज्ञान केन्द्र रामेछापले मनायो विश्व माटो दिवस (फोटोफिचर)

मंसिर २०,

रामेछाप । रामेछापको मन्थलीस्थित कृषि ज्ञान केन्द्रले विश्व माटो दिवस मनाएको छ ।

सजिव माटो, जैविक विविधता संरक्षणको बाटो भन्ने नाराका साथ विभिन्न पेलेकार्डसहितका पोस्टर प्रदर्शनी गरेर माटो दिवस मनाएको हो । माटोमा हुने शुक्ष्म जीव र साना अन्य जीवहरु र बिरुवाका जराहरुले माटोमा जैविक विविधता कायम गरेको केन्द्रले उल्लेख गरेको छ ।

कृषि ज्ञान केन्द्रले कोरोना भाइरस संक्रमणले पारेको प्रभावका कारण कुनै ठूलो कार्यक्रम गर्न नसकेको उल्लेख गरेको छ । माटोलाई हामीसबैले जोगाउनु पर्ने बताएको छ । स्वस्थ्य माटोको महत्व बारे विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्वर ५ मा विश्व माटो दिवस मनाईन्छ ।

संयूक्त राष्ट्र संघको आह्वानमा खाद्य तथा कृषि संगठन FAo ले सन् २०१४ बाट विश्व माटो दिवस मनाउने चलनको शुरुवात गरेको हो । यस अर्थमा भन्नुपर्दा यो दिवस कान्छो नै छ । अन्य दिवसको जस्तै यस दिवसकोलागि पनि हरेक वर्ष छुट्टा छुट्टै नारा तय गरेको हुन्छ । यस वर्षको नारा “Keep soil alive, protect soil biodiversity” रहेको छ जसलाई नेपालीमा यस प्रकार अनुवाद गरीएको छ “सजीव माटो, जैविक विविधता संरक्षणको बाटो” ।

दिवस मनाउने क्रममा तोकिएको नाराको भाव वास्तवमै समय सान्दर्भिक हुने गर्दछ । माटो सम्पूर्ण प्राणी जगतको जीउने आधार हो । हामीले प्राप्त गर्ने खानाको करीब ९५% खाना माटोबाट नै प्राप्त हुन्छ । पर्याप्त पानी सोस्ने देखि पानीको निकास हुन सक्ने क्षमता भएको, उपयुक्त पि एच मान भएको, ३–५% प्रांगारिक पदार्थ भएको, आवश्यक मात्रामा विरुवालाई चाहिने मूख्य खाद्यतत्व जस्तै नाइट्रोजन ०.१ देखि ०.२२% भएको, फस्फोरस ३५ देखि ५५ किलो प्रति हेक्टर र पोटास १११ देखि २८१ किलो प्रति हेक्टर भएको माटो स्वस्थ माटो हो । स्वस्थ्य माटोबाट नै स्वस्थ्य वाली उत्पादन गर्न सकिन्छ र स्वस्थ्य वालीको खानाबाट मानिस स्वस्थ्य हुनेछ ।

माटोको महत्व हुँदा हुँदै पनि हामीहरुको विभिन्न कृयाकलापहरुबाट यसको गुणस्तरमा दिनानुदिन ह्रास हुँदै आएको छ । अनियमित रुपमा हुने रासायनिक मल तथा विषादीको प्रयोग, शहरी प्रदुषण, वातावरणमा आएको परिवर्तन आदि माटोको गुणस्तर ह्रासको मुख्य कारण रहेको छ । माटो सजिव वस्तु हो । किनभने यो निरन्तर परिवर्तन भै रहेको हुन्छ र यसलाई सजिव रहन हावा र पानीको निरन्तर आवश्यकता पर्दछ । त्यसैले यसको निरन्तर संरक्षण गर्न सक्नुपर्दछ । माटो र माटोमा रहेका विभिन्न जैविक जीवहरुको प्राकृतिक नियमानुसार संरक्षण गर्न सकेको खण्डमा माटोको उर्वराशक्ति वृद्धि गर्दै लैजान सकिन्छ । विभिन्न जैविक जीव जोगिनु नै माटो स्वस्थ हुनु हो, सजिव हुनु हो । हामीले यो कुरा कहिले पनि बिर्सन हुँदैनौं कि पूर्खाहरुबाट पाएको माटो सोही अवस्थामा नै हामीले हाम्रा सन्ततीहरुलाई हस्तान्तरण गर्न सकौं । अनि मात्र मानव सभ्यताको अस्तित्व रहनेछ ज्ञान केन्द्रले उल्लेख गरेको छ ।

फोटो हेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु