मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • १/१ लाख पुरस्कार सहित गोकर्णेश्वर नगरपालिकाले २ साहित्याकरलाइ गर्यो सम्मान
गोकर्नेश्वोर बिशेष

१/१ लाख पुरस्कार सहित गोकर्णेश्वर नगरपालिकाले २ साहित्याकरलाइ गर्यो सम्मान

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले २ बरिष्ठ साहित्यकारहरुलाई सम्मान गरेको छ |
नगरभित्र स्थायी बसोवास गर्दै साहित्यमा साधनारत अग्रज सर्जक तथा समाजसेवीलाई नगद सहित सम्मान गरेको छ ।

नगरपालिका प्रमुख दीपककुमार रिसालले संस्कृतिविद् एवं समाजसेवी प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनीलाई गोकर्णेश्वर साहित्य पुरस्कार २०८० ले सम्मान गर्नुभएको हो । सम्मानित व्यक्तित्वहरूलाई १/१ लाख रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्दै नगर प्रमुख रिसालले नगरपालिका साहित्य क्षेत्रको विकासमा योजनाबद्ध हिसाबले लागेको बताउनुभयो ।

May be an image of 5 people, dais and text

नगरमा साहित्यको उत्थानका लागि अभिनव साहित्य समाज, रमेश विकल साहित्य प्रतिष्ठान, भैरव पुरस्कार गुठी, सुरभि साहित्य प्रतिष्ठानले निर्वाह गरिरहेको भूमिकाको पनि नगरप्रमुख रिसालले तारिफ गर्नुभयो । रिसालले राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रम गर्दै नगरपालिकाले विशिष्ट पहिचान बनाएको धारणा राख्नुभयो ।

May be an image of 8 people and text

समृद्ध समाज निर्माणमा साहित्यको भूमिका अहं हुने भएकाले आफूले साहित्यलाई उच्च महत्वमा राखेको उहाँले बताउनुभयो । नगर उपप्रमुख सान्नानी लामाले साहित्यले सिर्जनशीलता बढाउने र भौतिक विकासमा सहज हुने धारणा राख्नुभयो ।

कार्यक्रममा पुरस्कार चयन समितिका साहित्यकारहरु गोविन्द घिमिरे वेदमणि (अभिनव साहित्य समाज), विजय चालिसे (रमेश विकल साहित्य प्रतिष्ठान) र बाजुराम पौडेल (सुरभि साहित्य प्रतिष्ठान) तथा समालोचक युवराज मैनाली आदिबाट गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रको विकासमा गरेको प्रयासको प्रशंसा गरिएको थिए ।

May be an image of 7 people and text that says 'मोकणेश्वर साहित्य � पुरस्कार सम्मान कार्यक्रम 2το'

नगरपालिकाका प्रशासन प्रमुख भूपेन्द्र बोहरा, नगर प्रवक्ता वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी लगायतले अग्रज स्रष्टाहरूको सम्मान गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु