बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेविसंघले मेयर रिसाललाई ज्ञापन पत्र बुझायो
गोकर्नेश्वोर बिशेष

नेविसंघले मेयर रिसाललाई ज्ञापन पत्र बुझायो

नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ज्ञापन पत्र बुझाएको छ ।

बिहिवार १७ बुँदे माग राख्दै नेविसंघका केन्द्रीय प्रतिनिधि पारस बस्नेतले नगर प्रमुख दिपक रिसाललाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन । सो अवसरमा नेविसंघका केन्द्रीय प्रतिनिधि सुशिल खनाल, विजय लामा, नेविसंघ गोकर्णेश्वर नगर समिति अध्यक्ष भरत अर्याल, उपाध्यक्ष दावा नोर्बु शेर्पा लगायत नगर समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख रिसालले गुणस्तरीय शिक्षाका लागि गोकर्णेश्वर नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढेको धारणा व्यक्त गर्दै नगरपालिकामा शैक्षिक विकासका लागि भएका कार्यहरुको जानकारी समेत दिए । यसैगरी आजै ज्ञापन पत्र हस्तान्तरण पछि नेविसंघको प्रतिनिधि मण्डलले सुन्दरीजलस्थित बिपि संग्रहालयमा पुगेर बिपिको शालिकमा माल्यार्पण गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु