शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • हेटौंडामा राजा र हिन्दुराष्ट्र माग्दै राप्रपाद्वरा प्रदर्शन
समाचार

हेटौंडामा राजा र हिन्दुराष्ट्र माग्दै राप्रपाद्वरा प्रदर्शन

मंसिर २०,

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज हेटौंडामा मोटरसाइकल र्‍याली गरेको छ।

पार्टी कार्यालय सानोपोखराबाट नाराबाजी सहित निस्किएको र्‍यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो ।प्रदर्शनका क्रममा राजा र हिन्दुत्व सङ्गै भ्रष्टाचार ,धर्म परिबर्तन र बेरोजगारी लगायतका बिषयमा चर्का नाराबाजी गरिएको थियो । शहर परिक्रमा पश्चात सिमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य मधु अधिकारीले जनताले परिबर्तन खोजेको र त्यो परिबर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे । काङ्ग्रेस कम्युनिस्टको गलत निति र अबधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारिले राप्रपा अबको बैकल्पिक शक्ति भएको दाबी गरे ।

पार्टीका युबा नेता राजाराम बर्तौलाले  राष्ट्रबाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए। राप्रपाको नेतृत्वमा असलि परिबर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले धारणा राखे। कार्यक्रममा केन्द्रिय सदस्य नबराज बिष्ट,जिल्ला अध्यक्ष रामहरी न्यौपाने ,युबा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए ।

पछिल्लो समय राजसस्था र हिन्दुराष्ट्र को माग गर्दै देशभर प्रदर्शन भैरहेको अबस्थामा राप्रपा मकवानपुरले आज  पार्टीको ब्यानर र झन्डामा कार्यक्रम आयोजना गरेको हो ।

फोटो हेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु