शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अब सेनाको भान्सामा विद्युतीय चुलो, गाडी पनि विद्युतीय मात्रै किन्ने
आर्थिक

अब सेनाको भान्सामा विद्युतीय चुलो, गाडी पनि विद्युतीय मात्रै किन्ने

जुनेली न्युज,११ बैशाख काठमाडौँ |

प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनाको भान्सामा विद्युतीय चुलो मात्रै प्रयोग गर्ने विषयमा  छलफल गरेकी छन् | आज भएको भेटवार्तामा जलविद्युतको विकास तथा खपतका विषयमा छलफल भएको हो | मन्त्री भुसालले विद्युत् खपत प्रवर्द्धनका लागि सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेकी छन् |

सेनाको भान्सामा प्रयोग भइरहेको ग्यास लगायतक  अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्ने बिषयमा  जोड दिँदै मन्त्री भुसालले भनिन् “नेपाली सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौ  त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ |” त्यस्तै नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई पनि विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन  पनि आग्रह गरिन् र आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेको उल्लेख गरिन | “विद्युत् खपत हुँदा हाम्रो पुँजी बाहिर जानबाट नियन्त्रण हुन्छ ।“ उनले भनिन |

सो अवसरमा प्रधान सेनापति शर्माले नेपाली सेनाको भान्सा विद्युतीकरण गर्न आगामी दिनमा लागू गर्दै लैजाने विश्वास दिलाए |  “हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौं, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजानेछौं |” उनले भने |

फेसबुक प्रतिक्रियाहरु