बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काठमाडौँ महानगरको मेयर लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको उम्मेदवारी दर्ता
समाचार

काठमाडौँ महानगरको मेयर लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको उम्मेदवारी दर्ता

जुनेली न्युज, ११ बैशाख काठमाडौँ |

काठमाडौं महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् | मेयर उम्मेदवार शाहले आइतबार राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर  आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् |

उनले  आइतबार बिहान आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेसके पछि राष्ट्रिय सभागृहमा पुगेर  आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् | ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियर र हिपहप गायक पनि हुन् |

बालेनले आफ्नो घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् |

यसका साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्धभत्ता वितरण घर-घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् |

उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षा दिने पनि उनले बताएका छन् |

 

फेसबुक प्रतिक्रियाहरु