बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड
आर्थिक

ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड

जुनेली न्युज, ललितपुर

ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ।

आइतबार मानभवनको एक पार्टी प्यालेसमा आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ।

उपप्रमुख शाक्यका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ।

यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ।

महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ। यस्तै विपद व्यवस्थापन डिआरआर सव- सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट-हरियाली/पार्क निर्माणमा जोड दिएको छ।

त्यस्तै, प्रत्येक वडामा सार्वजनिक शौचालय र  आयोजना बैंक निर्माणमा पनि महानगरले जोड दिएको छ। विपद व्यवस्थापनका लागि ‘पाटन शहर सुत्दैन’ लागू गरिने बजेटमा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु