मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • स्मार्ट किड्स स्कुलको बार्षिक कार्यक्रम भब्य रुपमा सम्पन्न
शिक्षा

स्मार्ट किड्स स्कुलको बार्षिक कार्यक्रम भब्य रुपमा सम्पन्न

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिकामा अबस्थित स्मार्ट किड्स स्कुलले आज बार्षिक कार्यक्रम गरेको छ | नगरपालिकाको २ ठाउ वडा न १ सुन्दरीजल र वडा नं ४ को गोकर्णमा रहेको स्मार्ट किड्स स्कुलले भब्य रुपमा बार्षिक कार्यक्रम सम्पन्न गरेको छ |

May be an image of 4 people, people dancing and text

कार्यक्रम गोकर्णको सुनगाभा पार्टी प्यालेसमा भएको थियो | स्कुलमा अध्ययनरत बिधार्थी र उनीहरुको अभिभावकको उपस्थितिमा कार्यक्रम गरिको थियो |

May be an image of 6 people and text

कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल रहेका थिए | बिशेष अतिथिको रुपमा नगरपालिकाकै शिक्षा युवा तथा खेलकुद बिभाग प्रमुख डण्ड पाणी शर्मा, वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष जयराम महत र विभिन्न स्कुलका प्रिन्सिपलहरुको पनि उपस्थिति रहेको थियो |

May be an image of 2 people, child and text

सोहि स्कुलका अध्यक्ष श्याम कृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम दिन भरि नाँचगान सहित सपन्न भएको हो | स्कुलका बिधार्थीहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए |

May be an image of 7 people, dais and text

स्मार्ट किड्स स्कुलले बालबालिकाहरुलाइ उत्कृष्ट शिक्षा र संस्कार दिई रहेको र भबिष्यमा अझै राम्रो प्रगति गरोस भन्दै प्रमुख अतिथि रिसालले शुभकामना दिएका थिए |

May be an image of 8 people, child, dais and text

May be an image of 4 people, dais and text

फेसबुक प्रतिक्रियाहरु