शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • गोकर्णेश्वर बासीले उपचार गर्नु परेमा शंखारापुर अस्पतालमा ५०% मात्र तिरे पुग्ने, यस्तो भयो सम्झौता
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर बासीले उपचार गर्नु परेमा शंखारापुर अस्पतालमा ५०% मात्र तिरे पुग्ने, यस्तो भयो सम्झौता

जुनेली न्युज, काठमाडौँ

गोकर्णेश्वर नगरपालिकाले स्थानीय जनताको उपचारमा निरन्तर एक पछी अर्को सम्झौता गर्दै आएको छ | स्थायी  नगरवासिहरुको लागि गोकर्णेश्वर नगरपालिका र जोरपाटी नारायणटार मा रहेको  शंखरापुर अस्पताल  बीच ५०/५० % उपचार सम्झौता भएको छ | जसमा बिरामी भएर कोहि नगरबासिको उपचार गर्नु गरेमा ५०% मात्र तिरे पुग्ने भएको छ |

यस्तो छ सम्झौता :

१. गोकर्णेश्वर नगरपालिकाका सम्पूर्ण स्थायी बासिन्दाहरुको बिरामी भइ उपचार गर्नु परेमा

> बिरामीले ५०% मात्र व्यहोर्नुपर्नेछ | बाकि

>अस्पतालले कुल खर्चमा ३०% छुट गर्नेछ

>नगरपालिकाले २० % अस्पताललाई उपलब्ध गराउने छ

> बिरामीलाइ लाग्ने औषधि बिरामी आफैले व्यहोर्नु पर्नेछ |

उल्लेखित छुट बार्षिक १ लाख सम्मको उपचारमा लाग्ने रकम बराबर हुनेछ |

> माथि उल्लेखित सेवा लिन गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुनु पर्नेछ

साथै छुटको लागि अस्पतालको सोधपुछ कक्षमा गरेर बुझेर चाहे अनुसारको कागजात भने उपलब्ध गराउनु पर्ने छ |

 

फेसबुक प्रतिक्रियाहरु