बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने उपत्यका मेयर्स फोरमको निर्णय
दुर्घटना/अपराध

भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने उपत्यका मेयर्स फोरमको निर्णय

जुनेली न्यूज, काठमाडौं।

काठमाडौं उपत्यका मेयर्स फोरमले भूकम्प पीडितलाई २५ लाख दिने भएको छ।

मिति २०८० कार्तिक १९ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको धनजनको क्षति बारे समबेदना र राहत दिने सम्बन्धमा ललितपुर महानगरपालिका ललितपुरको सभाहलमा बसेको काठमाडौ उपत्यका मेयर्स फोरमको आकस्मिक बैठक बसि प्रेस विज्ञप्ति जारी सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

प्रेस विज्ञप्ति

मिति २०८० कार्तिक १७ गते राती ११:४७ मा जाजरकोटको वारेकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट हुन गएको अपूरणीय मानवीय तथा भौतिक क्षति प्रति हामी सतब्ध भएका छौं । भूकम्पमा परी ज्यान गुमाउनेहरु प्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक सम्बेदना व्यक्त गर्दछौं र घाइते हुनु भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

यस दुःखद घडीमा यस काठमाडौ उपत्यका मेयर्स फोरमको तर्फबाट रु २५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको व्यहोरा जानकारी गराउदछौं ।

फेसबुक प्रतिक्रियाहरु