सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जाजरकोट रुकुम भूकम्प पीडितका लागि गोकर्णेश्वर नगरपालिकाको ५ लाख सहयोग
गोकर्नेश्वोर बिशेष

जाजरकोट रुकुम भूकम्प पीडितका लागि गोकर्णेश्वर नगरपालिकाको ५ लाख सहयोग

जुनेली न्यूज, काठमाडौं।

काठमाडौं गोकर्णेश्वर नगरपालिकाले गए राति गएको भूकम्प पितिडको उद्धार, राहत र पुनर्स्थानाका लागि ५ लाख सहयोग गरेको छ।

जाजरकोट जिल्ला रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्नीच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौ घाइते भएको घटनाले सारा नेपालीलाई मर्माहत र दुखी बनाएको घडीमा भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि काठमाडौं गोकर्णेश्वर नगरपालिकाले रु ५,००,००० /- (पाँच लाख) उपलब्ध गराउने निर्णय गरेको छ ।

विपद् परेको खण्डमा एक ठाउँले आर्को ठाँउलाई सहयोग गर्नु हरेक नागरिकको धर्म हो भन्दै मेयर दिपक रिसालले सहयोग गर्ने निर्णय गरेका हुन्।

फेसबुक प्रतिक्रियाहरु