शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कमेडी च्याम्पियन हिमेश फिल्म खेल्दै
चलचित्र

कमेडी च्याम्पियन हिमेश फिल्म खेल्दै

जुनेली न्युज काठमाडौँ,

कमेडी च्याम्पियन पहिलो सिजनका बिजेता हिमेश पन्त फिल्म ‘वर एण्ड बधु’ मा अनुबन्धित भएका छन्। मिलन चाम्सले निर्देशन गर्न लागेको उक्त फिल्मबाट हिमेशले अभिनेताका रूपमा डेब्यू गर्न लागेका हुन्।

हालै निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत हिमेशसँग औपचारिक सम्झौता भएको जानकारी दिएका छन्।

उनले हिमेशलाई बधाइ दिँदै नेपाली फिल्म क्षेत्रमा स्वागत गरेका छन्।

कमेडी र प्रेम कथामा आधारित ‘वर एण्ड बधु’ फिल्मको छायांकन वैशाखबाट सुरू हुनेछ।

एलआर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायत कलाकारको अभिनय रहनेछ।

 

फेसबुक प्रतिक्रियाहरु