मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी
चलचित्र

एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी

जुनेली न्युज, काठमाडौं ।

विद्यार्थीहरूको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले नयाँ बानेश्वरमा रहेको एम्बिसन एकेडमी स्कुलले “एम्बिसन डान्सिङ् स्टार सिजन ३” कार्यक्रम सम्पन्न गरेकाे छ । विद्यालयमा अध्ययनरत फाउन्डेसनदेखि कक्षा १० सम्मका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेकाे कार्यक्रममा विभिन्न चरण पार गर्दै ५३ जना विद्यार्थी अन्तिम चरणमा पुगेका थिए ।

मिति २०७९भाद्र २७ गते सम्पन्न गरिएकाे कार्यक्रममा कक्षाका अाधारमा विद्यार्थीहरूलाई विभिन्न पाँच समूहमा विभाजन गरिएकाे थियाे । प्रतियोगितामा समूह ए, बि,सी,डी र इ बाट क्रमशः परिस्ता राई, बेनिशा केसी, सुधा वाइवा, चक्षु भट्टराई र रेहाना राईले “एम्बिसन डान्सिङ् स्टार सिजन ३ काे उपाधी चुम्न सफल भए। प्रतियोगितामा हरेक समुहबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी २५ जना विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो भने बाँकी सबै प्रतियोगीहरूलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा नृत्य निर्देशक सङ्घ नेपाल काठमाडौं जिल्ला शाखाका सचिव तथा काेरियाेग्राफर, माेडल देवराज गुरुङ र नृत्य निर्देशक सङ्घ नेपालका आजिवन सदस्य तथा काेरियाेग्राफर, माेडल महेन्द्र किरण निराैलाले निर्णायककाे भूमिका निर्वाह गर्नु भएकाे थियाे । त्यसैगरि नृत्य निर्देशक सघं नेपालका केन्द्रीय सह-काेषाध्यक्ष केशव काेइराला तथा काेरियाेग्राफर, माेडल तथा नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखाका सह-सचिव छिरिङ लामा अतिथि रहनु भएकाे कार्यक्रम एकेडेमीका इन्चार्ज खगेन्द्र नेपालको सभापतित्वमा सम्पन्न भएकाे थियाे । नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुर जिल्ला शाखाका अध्यक्ष समेत रहनु भएका विद्यालयका नृत्य प्रशिक्षक चुडामणि फुयालले संयोजन गर्नुभएकाे यस कार्यक्रमकाे सञ्चालन विद्यालयमा शिक्षक भवानी नेपालले गर्नुभएकाे थियाे । पुरस्कृत प्रतिभाहरूलाई विद्यालयका प्रधानाध्यापक विष्णुकुमार घिमिरे, इन्चार्ज खगेन्द्र नेपाल र निर्णायकहरुले खादा सहित प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नु भएकाे थियाे ।

विद्यालयका प्रधानाध्यापक विष्णुकुमार घिमिरेले यस कार्यक्रमले विद्यार्थीहरूलाई आफूमा भएकाे प्रतिभा प्रष्फुटन गराउन सकेकाे कुरा उल्लेख गर्दै त्यस्ता प्रतिभाहरु खुलेर प्रस्तुत गर्न आग्रह गर्नुभएकाे थियाे । कार्यक्रम समापन गर्ने क्रममा सभापतिले याे कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा प्रत्यक्ष अप्रत्यक्ष सहयाेग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु