मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • भगिनी सम्बन्ध स्थापनार्थ गोकर्णेश्वर नगरपालिकाका कर्मचारी टोलि पोखरा महानगरमा
गोकर्नेश्वोर बिशेष

भगिनी सम्बन्ध स्थापनार्थ गोकर्णेश्वर नगरपालिकाका कर्मचारी टोलि पोखरा महानगरमा

जुनेली न्यून, पोखरा ।

पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापनार्थ गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालज्यूको मैत्री सन्देशका साथ आपसी असल अभ्यासहरुको आदान-प्रदान र अध्ययन-अवलोकन कार्यका लागी गोकर्णेश्वर नगरपालिकाका अधिकृत भूपेन्द्र बोहराको नेतृत्वमा ६ सदस्यीय कर्मचारीहरुको टोलि पोखरा महानगरपालिकामा गएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यज्यूको समुपस्थिति एवं प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती को सहजीकरणमा   २०७९ भाद्र १० गते शुक्रवारका दिन पोखरा महानगरपालिकाको सभाहलमा गोकर्णेश्वर नगरपालिकाको प्रस्तुति भएको भएको थियो ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाले आफ्नो प्रस्तुतिको क्रममा गोकर्णेश्वर नगरपालिकाको चिनारी, नगरपालिकाको भौगोलिक अवस्था, सामाजिक सांस्कृतिक अवस्था, प्राथामिकताको क्षेत्रहरु, सम्पादन गरेका महत्वपूर्ण कार्यहरु जस्तै: सूचना प्रविधिमा भएका कार्यहरु, डिजिटल प्रोफाईल, स्थानीय पाठ्यपुस्तक, फोहोरमैला व्यवस्थापनमा भएका प्रयास, नगरपालिकामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व दर्पण र नगरका योजनाहरु सहित नगरपालिकाको बजेट, आन्तरिक आय लगाएतका बिषयहरु समाबेस गरिएको थियो ।

उक्त प्रस्तुती सँगै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमूख श्री दीपक कुमार रिसालज्यूको पोखरा महानगरपालिकाका नगर प्रमूख श्री धनराज आचार्यज्यूलाई अन्तरपालिका भगिनी सम्बन्ध स्थापनार्थ पठाइएको सन्देश वाचन गरी हस्तान्तरण गरिएको थियो ।

नगर प्रमुख श्री दीपक कुमार रिसालज्यूको मैत्री सन्देशलाई सराहनीयरुपमा लिंदै पोखरा महानगरपालिकाका नगर प्रमूख श्री धनराज आचार्यज्यूबाट गोकर्णेश्वर नगरपालिकाको सूचना प्रविधिमा भएको प्रगति, वातावरणमा प्रतिकुल असर नपर्ने गरी फोहर जलाउने इन्सिनेटर मेशिनको शुरुवात, पवित्र वागमती नदी, पितृमोक्ष धामको रुपमा रहेको पौराणिक गोकर्णेश्वर महादेव मन्दिर, उत्तरगया धामको महात्मीयता र सुन्दरीजल, शहिदपार्क लगाएतका पर्यटकीय स्थलहरुको सम्बन्धमा प्रसंशा गर्दै गोकर्णेश्वर नगरपालिका सँग भगिनी सम्बन्ध कायम गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।

गोकर्णेश्वर नगरपालिकाको प्रस्तुती र महानगर प्रमुखको सम्बोधन सम्पन्न भए पश्चयात महानगरका महाशाखा तथा शाखा प्रमूखहरुसँग छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु