शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटिद्वारा आयोजित नृत्य प्रतियोगिता सम्पन्न
गोकर्नेश्वोर बिशेष

नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटिद्वारा आयोजित नृत्य प्रतियोगिता सम्पन्न

जुनेली न्युज, काठमाडौँ |

नृत्य निर्देशक संघ नेपालको स्थापना दिवसको  अवसरम अन्तर बिधालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ | नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटीले १३ वटा विधामा नृत्य प्रस्तोस्पर्धा गराइएको थियो र उक्त कार्यक्रममा १८० भन्दा बढी विधालय सामेल भएकोमा डिजिटल अडिसन बाट जम्मा ३९ वटा बिधालयहरुले  फाइनल चरणमा प्रस्तिस्पर्धा गरेका थिए |

No description available.

राष्ट्रिय नृत्य, बाल नृत्य, तामांग सेलो नृत्य, नेवारी नृत्य, मारुनी नृत्य, थारु नृत्य, गुरुङ नृत्य, झ्याउरे नृत्य, हुड्केली नृत्य, टप्पा नृत्य, साकेला नृत्य दोहोरि नृत्य, छलिया नृत्य आदि विधामा प्रतिस्पर्धा भएको उक्त कार्यक्रममा प्रथम, दोश्रो तेश्रो हुने बिधालयहरुले  पुरस्कार प्राप्त गरेका थिए |

No description available.

गोकर्मेश्वर नगरपालिका वडा नं ५ नयाँबस्ति स्थित टाइमलाइन स्कुलमा भएको सो कार्यक्रमको सभापति नृत्य निर्देशक संघ गोकर्णेश्वर नगर कमिटिका अध्यक्ष बाबु सेन्चुरी, प्रमुख अतिथि नगरपालिका मेयर दिपक रिसाल, विशेष अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ साथै विभिन्न क्षेत्रका दिगज व्यक्तित्वहरुको भब्य उपस्थिति रहेको थियो | कार्यक्रममा ग्रीन आर्मी नेपालका ४० जना स्यमसेवकहरु खटिएका  थिए  भने टाइमलाइन स्कुलले स्थान उपलब्ध गराएको  थियो |

No description available.

कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सह कोषाध्यक्ष केशब कोइराला, केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला शाखा अध्यक्ष बुद्ध लामा, भक्तपुर जिल्ला शाखाका अध्यक्ष चुडामणि फुयाल र काठमाडौँ जिल्ला शाखाका सचिब एबम सो कार्यक्रमका संयोजक देबराज गुरुङ लाइ गोकर्णेश्वर नगर कमिटिका अध्यक्ष बाबु सेन्चुरीले धन्यवाद समेत दिएका छन् |

साथै संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको जन्मदिन पनि मनाइएको थियो |

No description available.

फेसबुक प्रतिक्रियाहरु