शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बिरगंजमा १४ बर्षीय बिधार्थीको हत्या, फिल्मी शैलीमा बिरगंजको मेन नाकाबाट लास भारतमा
दुर्घटना/अपराध

बिरगंजमा १४ बर्षीय बिधार्थीको हत्या, फिल्मी शैलीमा बिरगंजको मेन नाकाबाट लास भारतमा

जुनेली न्युज, पर्सा ।

एक बालक  बिहान स्कुल पोशाक लगाएर पढनको लागि घरबाट निस्के तर उनि स्कुलबाट कहिले घर नाफर्किनी गरि दैबको आखा लाग्छ | बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीका १४ बर्षिय राजकुमार ठाकुर मंगलबार उनको हत्या भएको हो |

उनकै छिमेकी उत्तम र प्रीत्तम पटेल दाजुभाइ मिलेर निर्मम पुर्वक हत्या गरेको खुलासा भएको छ । यहि वितेको मंगलबार बिहान साढे नौ बजे स्कुल पढ्न गईरहेको भनेर घरबाट निस्केको उनका पिता मोतीलाल ठाकुरले बताए । तर अब उनी घर कहिलै पनि फर्कन सक्दैन ।

स्कुल जान भनि घरबाट निस्केका राज कुमारलाइ वीरगन्ज १६ नगवा बाइपास चौकमा रहेको उत्तम टेलरमा उनलाई बोलाएर पटेल दाजुभाइ मिलेर निर्मता पुर्वक हत्या गरेको खुलेको हो । पटेल दाजुभाईको बहिनीलाई झिस्काएको भन्दै उनको हत्या गरिएको स्थानिय बताउँछन ।

स्कुल पढ्न भनेर घरबाट निस्केका राजकुमार मंगलबार बेलुका सम्म घर नफर्केपछि उनका बुवा मोतिलाल ठाकुरले पटेल परिवारले आफनो छोराको अपहरण गरेको हुनसक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका थिए । घटना पर्साको भएको कारण बारा प्रहरीको सहयोगमा पर्सा प्रहरीले अनुसन्धानको प्रकृया अगाडी बढाएको हो ।

प्रहरीले राजकुमारले बोकेको मोबाईलको अन्तिम लोकेशन पत्ता लगाई अनुसन्धान गर्ने क्रममा पिडितको उजुरीकै आधारमा उत्तम र प्रीत्तम पटेल दाजुभाईलाई नियन्त्रणमा लिई सोधपुछ गरेपछि राजकुमारको हत्या आफूहरुले नै गरेको स्वीकार्य गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी श्रोतले जनाएको छ । प्रहरीले पटेल दाजुभाई सहित तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरीरहेको छ ।

हत्या पछि फिल्मी स्टाईलमा राजकुमारको शव बोरामा प्याक गरि बाइपास सडक हुँदै वीरगन्ज भसारको मुख्यगेटबाट नै सिमावर्ती शहर भारतको रक्सौल रेल्वे स्टेशन पु¥याएको देखिएको छ । नगवा बाईपास चौक भन्दा करिब ५ सय मिटर दुरीमा एउटा घरमा जडान गरिएको सिसी क्यामरामा उत्तम र प्रीत्तमले शव लगेको देखिएपछि उनको शव ठेकान उनीहरुले लगाएको पुष्टि गरेको छ ।

पटेल दाजुभाइका बहिनी र राजकुमार गाउँकै श्री नेरा माध्यमिक बिद्यालय ईटियाहीको कक्षा ९ मा बढ्दै आएका छन । क्लासफ्रेन्ड भएका कारण दुवैजनामा घुलमेल राम्रो थियो । तर उत्तमको नजरमा राजकुमारले बहिनीको पिछा गरेको र जिस्काउँदै आएको शंका गर्दै आएका थिए । यो विषयमा गाउँपनि एकपल्ट झगडा हुदाँ स्थानिय भद्रभलादमी छलफल गराएर मिलाउँने काम गरेको थियो ।

उत्तमले त्यही रिसिवीले राजकुमारलाइ मंगलबार बिहान कुराकानी गर्न नगवा बाइपास चौकमा रहेको आफ्नो उत्तम टेलरमा बोलाएर अपहरण गरी हत्या गरेका थिए । उत्तमले आफनो टेलरमा बोलाएपछि उनीसँग कुरा गर्न उनकै टेलरमा नै राजकुमार मंगलबार बिहान पुगेका थिए ।

पटेल दाजुभाइले राजकुमारको हत्या गर्ने योजना पहिला नै बनाइ सकेका थिए । राजकुमार पनि सोचेका थिएन आफू सँग यस्तो घटना हुनसक्छ । बाइपासको मुख्य चौकमै टेलर छ । छेउछावमा पसलहरु समेत छ । तर यस्तो अपराधिक घटना घटाउँदा समेत छिमेकीलाई भनक समेत लाग्न दिएन पटेल दाजुभाइले ।

राजकुमारलाइ टेलरभित्र बोलाइ टेलर रहेको पसलको सटरबन्द गरि दुबै दाजुभाइ पूर्व योजना अनुसार नै राजकुमारको घाँटी थिचेर हत्या गरेका छन । प्रहरी समक्ष बयानमा समेत घाँटी थिचेर राजकुमारको हत्या गरेको स्वीकार्य गरेका छन । हत्या पश्चात् उनको शव भारतमा समेत पुर्याएका थिए । कसैले शका नगरोस भनी उन्निहरु बोलबम कलरमा भएको लुगा लगाएर आफ्नो मोटरसाइकलमा बोरामा प्याक गरेको शवलाइ राखेर दुबै दाजुभाइ रक्सौल स्थित रेल्वे स्टेशनमा पुर्याएका थिए ।

दुबैजना रक्सौलको रेल्वे स्टेलनमा मोटरसाइकल पार्किङ स्थलमा राखेर शवलाइ आफ्नो काधामा बोकी मालगाडीको डब्बामा शव राखी भागेका थिए । तिनदिन पछि राजकुमारको शव बिहारकै भागलपुर स्टेशनमा भेटिएको छ । उनका परिवार शव लिन शुक्रबार बिहान भारत पुगेका छन ।

हत्याको योजना समलग्न अन्यको खोजीकार्य जारी रहेको पर्साको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । घटना पश्चात् उत्तम, प्रीत्तम सहित उनका बुवालाइ नियन्त्रणमा राखेर अनुधान गर्ने काम भइ रहेको उनले बताए । राजकुमारको हत्या भएको खबरले इटियाही पुरै गाउँ नै शोकमा डुबेको छ ।

अपराध घटाएपछि प्रमाण नष्ट गर्ने काम फिल्मी शैलीमा गरेका छन । प्रहरी अनुसन्धानमा मृतक राजकुमारको मोबाईल, वीरगन्ज भंसार नजिकै रहेको आंखा अस्पताल निर मोबाईल फालेका छन । उनको स्कुल व्याग श्रीसिया नदीमा र साईकल वीरगन्जको महाविर गल्लीमा फालेको खुलेको प्रहरी श्रोतले जनाएको छ ।

डेढ दशक भन्दा नगवा बाईपास चौकमा पटेल दाजुभाईले कपडा सिलाउँने टेलर संचालन गर्दै आएका छ । एकदम सालिन हावभाव रहेका र व्यवहार पनि उत्तिकै राम्रो थियो । यो घटना पश्चात पनि उनीहरु समाजमा घुलमेल गरेर बसेका थिए । घटनाको भोली पल्ट छिमेकीको घरभोजमा पनि उत्साहजनक पूर्वक सहभागिता जनाउँदै साथीभाईहरु संग रमाईलो कुराकामी समेत गरेको स्थानिय बताउँछन ।

उनको हावभावले कसैले पनि सोचेका थिएन त्यस्ता अपराधी घटना घटाउँन सक्छ भनेर । तर अहिले यो घटना बाहिरीले पछि स्थानिय समेत चकितमा परेका छन । टेलर नजिकै पानपसल छ, छेउमा किताब पसल छ, बिहान देखि बेलुका सम्म पसलमा भिडभाड हुन्छ, हत्या जस्तो अपराधीक घटना घटदा समेत छिमेकीलाई भनक लागेन ।

यो घटनामा स्थानियले प्रहरी सुरक्षाप्रति पनि गम्भीर प्रश्न चिन्ह खडा गरेका छन । दिनदहाडै एक युवकको हत्या पछि शवलाई मुख्यराजमार्गबाट भारत पु¥याउँनु प्रहरीको ठूलो लापरवाहीको हो । वीरगन्जको मुख्य भंसार देखि बसपार्क सम्म ५ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकप्वाईन्ट छ ।

दिउँसो शव बोरामा राखेर वीरगन्जबाट रक्सौल पु¥याईन्छ तर प्रहरी मुकदर्शक बनेको छ । या त प्रहरीले रकम लिएर शव जान दिएको छ होईन भन्नै प्रहरी गम्भीर लापरवाही छ, स्थानियले भने, ५ किलो चिन्नी ल्याउँदा प्रहरीले समाउँन सक्ने, बोरामा शव लिएर जाँदा किन प्रहरीले पक्राउ गर्न सकेन ?

१४ बर्षिय बालकको हत्याको खबरले आक्रोशित स्थानियले पटेल परिवारको घरमा तोडफोड तथा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको थिए । अहिले पनि गाउँमा कुनै अप्रीय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थित रहेको छ । आरोपितको घर परिवार गाउँ नै छोडेर भागेका छन । मृतकका आफन्त परिवार तथा स्थानियले दोषीलाइ हदैसम्म कानुनी कारवाही गर्नुपर्ने माँग समेत गरेका छन । घटनको मुख्य योजनाकार अरुनै रहेकोले प्रहरीले घटनाबारे गम्भीर रुपमा अनुसन्धान गरेर दोषी सबैलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही हुनुपर्ने माँग स्थानियले गरेका छन ।

स्रोत: राष्ट्र संदेश र अनिल ठाकुर

 

फेसबुक प्रतिक्रियाहरु