शुक्रबार, बैशाख ७, २०८१
दुर्घटना/अपराध

पल शाह धराैटिमा नछुट्ने

जुनेली न्यूज, कलाकार पल शाह धराैटिमा नछुट्ने भएका छन्।शाहलाई  पुर्पक्षका लागि थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ । जबर्जस्ती नाबालिग करणीसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आदेश दिएको हो । शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख धरौटीमा रिहा भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु