शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बिबेकशील साझको कार्यालय अनिश्चितकालकालागि बन्द
समाचार

बिबेकशील साझको कार्यालय अनिश्चितकालकालागि बन्द

जुनेली न्युज काठमाडौँ,

दुई पक्षबीच बिबाद भएपछि विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

आज अध्यक्ष रवीन्द्र मिश्र पक्ष र संगठन विभाग प्रमुख निर्देश शिलवाल पक्षबीच पार्टी कार्यालयमा बिबाद भएको थियो।

 

दुई पक्षका नेता तथा कार्यकर्ताबीच धलेकलाधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले दुबै पक्षलाई पार्टी कार्यालय बाहिर निकालेको थियो।

 

पार्टी कार्यालयका तर्फबाट निकालेको सूचनामा, ‘केही व्यक्तिहरूले अनधिकृत तवरले कार्यक्रम गर्न खोजेपछि त्यसको कारण उत्पन्न हुने जोखिमलाई ध्यानमा राखेर अर्को निर्णय नहुँदासम्म कर्मचारीबाहेक अन्यका लागि कार्यालय बन्द रहेको सूचित गरिन्छ,’ लेखिएको छ ।

 

आज विवेकशील साझा पार्टीले कार्यालयमा नवनियुक्त प्रदेश इन्चार्ज र प्रदेश संयोजकलाई शुभकामना दिने कार्यक्रम राखेको थियो।

 

सोही समय जुधाएर संगठन विभाग प्रमुख निर्देश शिलवाललगायत असन्तुष्ट पक्षले पनि पार्टी कार्यालयमा पत्रकार सम्मेलन राखेका थिए।

फेसबुक प्रतिक्रियाहरु