मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • मनिष वशिष्ठको रचना “कर्म को पासो” मा कलाकार शेखर सुबेदीको जिवन्त अभिनय
चलचित्र

मनिष वशिष्ठको रचना “कर्म को पासो” मा कलाकार शेखर सुबेदीको जिवन्त अभिनय

जुनेली न्युज, काठमाडौँ |

नेपाली चलचित्र र दर्जनौ म्युजिक भिडियो गरिसकोका शेखर सुवेदी केही समय पछि तामिल चलचित्रमा पनि देखिने छन । लामो कलाकारिता जीवन विताएका उनका संघर्षका कहानी पनि थुप्रै छन । केही समय पहिले अन्तर्राष्ट्रिय जगतमा नेपाली चलचित्र तथा नेपाली कलाकारले प्रभाव बढाइरहेका बेला उनले सार्वजनिक गरेका  Mythological Theme अर्थात पौराणिक धारका पहिरन पहिरिएका तस्बिरले चर्चा बटुलेको थियो ।

No description available.

साथै पौराणिक ,कलात्मक, राजनीतिक, ऐतिहासिक तथा सामाजिक विधाका कलाकारका तस्विर खोज अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त रुसको मारिक पत्रीकाले उनका तस्विर छनोट गरेको थियो । यो संगै उनको अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा चुलिएको थियो ।

उनै शेखर सुवेदी अभिनित कर्मको पासो नामक म्युजिक भिडियोको फष्ट लुक सार्वजनिक भए संगै फेरि सुवेदीको चर्चा चुलिएको छ । मनिष बषिष्ठको शब्द रहेको उक्त म्युजिक भिडियो को निर्देशन भने हरि हुमागाँइले गरेका छन ।

कर्मको पासोमा मनिष वषिष्ठ र रोमि बस्नेतको स्वर रहेको छ निर्माता रोमी बस्नेत हुन ।

फेसबुक प्रतिक्रियाहरु