सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • रामेछाप-दोलखामा, प्रसिद्ध क्षेत्र सैलुङ विवाद : आधा भू-भाग रामेछापको भएको पुष्टि, साझा थलोको रुपमा विकास गरेर अगाडि बढने निष्कर्ष
रामेछाप बिशेष

रामेछाप-दोलखामा, प्रसिद्ध क्षेत्र सैलुङ विवाद : आधा भू-भाग रामेछापको भएको पुष्टि, साझा थलोको रुपमा विकास गरेर अगाडि बढने निष्कर्ष

पुष ०५,

रामेछाप । रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रलाई साझा थलोको रुपमा विकास गरेर अगाडि बढने निष्कर्ष रामेछापका जनप्रतिनिधिहरुले निकालेका छन् । दुई जिल्लाको संगमस्थल सैलुङको सबै भाग दोलखाले दावी गर्दै आएपछि सो भु-भाग विवादमा पर्दै आएको छ ।

सैलुङ विवाद भएको भन्दै स्थलगर अनुगमनमा पुगेको रामेछापका प्रतिनिधिसभा सांसदसहित, जनप्रतिनिधि, राजनीति दल, पत्रकार, वुद्धिजीवसहितको टोलील सो भुगोल दुई जिल्लाको साझा थलोको रुपमा विकास गरेर अगाडि बढने निष्कर्ष निकालेको हो । अनुगमनको टोलीले रामेछापको दोरम्बा गाउँपालिका र दोलखाको सैलुङ गाउँपालिकाबीच संवाद गर्ने, दुवै जिल्लाका जिल्ला समन्वयका प्रमुखबीच छलफल गर्ने निष्कर्ष निकालेको छ ।

अनुगमन टोली
अनुगमन टोली

अनुगमनमा रामेछापका प्रतिनिधिनि सभाका सांसद श्याम कुमार श्रेष्ठ,  बागमती प्रदेशका सांसद शान्ति पौडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खडका, नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेसहितका कांग्रेसका नेताहरु, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान लगायत रहेको थियो । अनुगमनको क्रममा जनप्रतिनिधिको टोलीले तथ्य तथ्याङक र दस्तावेज अनुसार सैलुङ दुवै जिल्लाका आधा आधा भएको निष्कर्ष निकाल्दै साझा थलोको रुपमा विकास गर्नुपर्ने निर्षकर्शमा पुगेका हुन् ।

यसअघि सैललुङ्गको विकासको लागि बागमती प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको १ करोड दोलखा जिल्लाले मात्र उपयोग गरेपछि रामेछापले आपत्ति जनाउदै आएको छ । प्रदेश सरकारले पनि सैलुङ डाँडो दुवै जिल्लाको साझा भएको निर्षकर्श निकालेको थियो । तर सैलुङ क्षेत्रको ती कुराहरु लत्याउदै दोलखाले एकतर्फी सैलुङलाई एकलौटी थलोको रुपमा लिएको छ । शैलुङ् एक चिरपरीचित क्षेत्र हो ।

रामेछापको दोरम्बा गाउँपालिकाको सक्रियतामा सैलुङ्गलाई साझा थलोको रुपमा विकास गर्ने काम समेत प्ररम्भिक सुरुवात हुन थालेको छ । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नापी नक्सा अनुसार पनि सैलुङ रामेछाप र दोलखाको साझा भूगोल रहेको बताए । उनले सैलुङमा देखिएको सीमा विवाद समाधान गर्न आफूले भूमिका खेल्ने आश्वसन् दिए ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले आफूहरुले तथ्य र प्रमाणको आधारमा सैलुङलाई दुवै जिल्लाको साझा थलोको रुपमा विकास गर्ने योजना अगाडि सारेको बताए ।

रामेछापका पत्रकारसंग कांग्रेस प्रवक्ता
रामेछापका पत्रकारसंग कांग्रेस प्रवक्ता

त्यस्तै पछिल्लो समय सडक मार्गको पहुँच पुगेसँग दोरम्बा गाउँपालिका हुँदै सैलुङमा पुग्ने आन्तरिक पर्यटकहरुको संख्यामा उल्लेखिए रुपमा विकास भएको उपाध्यक्ष कृशला घिसिङले बताइन् । उनले भनिन्- अहिले ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको सैलुङमा प्राकृतिक सौन्दर्य हेर्नको लागि दैनिक सयौको संख्यामा पर्यटकहरु आउने गरेका छन्, जो हाम्रो पालिका हुदै आउने गरेका छन् ।

सैलुङले रामेछापको एक गाउँपालिका र दोलखाको दुई गाउँपालिका छोएको छ । रामेछापको दोरम्बा गाउँपालिका र दोलखाको सैलुङ तथा मेलुङ गाउँपालिकासँग सीमाना जोडिएको छ । अहिले सैलुङ क्षेत्रमा भ्युटावर, सिढी निर्माणको काम भएको छ । त्यस्तै छ्र्योतेन निर्माणको काम भइरहेको छ । दोरम्बा गाउँपालिकाले यस बर्ष छर्योतेन निर्माण गर्नको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । त्यहाँ विभिन्न मोहत्सवको समेत आयोजना हुने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु