बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • काठमाडौं क्षेत्र नं ३ द्वारा घर घर जाउँ कांग्रेस जिताउ अभियान कार्यक्रम
गोकर्नेश्वोर बिशेष

काठमाडौं क्षेत्र नं ३ द्वारा घर घर जाउँ कांग्रेस जिताउ अभियान कार्यक्रम

जुनेली न्युज, काठमाडौं

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३, प्रदेशसभा क र प्रदेश सभा ख को संयुक्त आयोजनामा घर घर जाउँ काँग्रेस जिताउ अभियान कार्यक्रम भएको छ।

कार्यक्रम पिस व्यङ्केट जोरपाटीमा सम्पन्न भएको हो।

कार्यक्रमका सभापति नेपाली कांग्रेस क्षेत्र नं ३ का सन्तोष चालिसे, प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत, विशिष्ट अतिथी प्रदेश संसाद छिरिंग दोर्जे लामा, नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति दुचाङ शेर्पा रहेका थिए।

कार्यक्रममा ५०० भन्दा बढी कृयाशिलहरुको उपस्थिती रहेको  थियो।

“हामीले रेस्ट गरे अरु पार्टीले रेस गर्दछन”। प्रमुख अतिथी बस्नेतले भने।

कार्यक्रममा बोल्दै सभापती चालिसेले जसले टिकेट ल्याय पनि रुखमा छाप हानेर नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु