बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिका उपमेयरमा सम्भावित दाबेदारहरु
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरपालिका उपमेयरमा सम्भावित दाबेदारहरु

जुनेली न्युज , काठमाडौँ 

आउदो बैशाख ३० मा हुने  स्थानीय चुनाबको लागि काठमाडौँ क्षेत्र नं ३ गोकर्नेश्वोर नगरपालिकाको उपमेयरमा धेरैको दावेदार रहने देखिएको छ | हाल सम्म चर्चामा आएका ५ जनाले उपमेयरको लागि दाबि गरेका छन् | उनुहरु आफु उपमेयर हुन योग्य रहेको भन्दै आफ्नो उम्मेदवारी दिने लाइनमा रहेको चर्चा चलेको छ |

यी हुन् उपमेयरका दावेदारहरु

१. शान्ति नेपाल

गत स्थानीय चुनाबमा उपमेयरमा जित हात पारि हाल सम्म गोकर्नेश्वोर नगरपालिकाको उपमेयरको कार्यभार समाली रहेकी छन् | उनि नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ को महादीबेशन प्रतिनिधि समेत रहेकी छन् |

२. गीता सिंखडा 

हाल नेपालि काँग्रेस बागमती प्रदेश सदस्य रहेकी गीता सिम्खडाले पनि उपमेयरमा दावी गरेकी छन् | गत २०७४ सालको स्थानीय चुनाबमा पनि उनले उपमेयारकै दावी गरेकी थिइन |

३. भावना ठकुरी 

१३ औ महाधिबेशनमा काठमाडौँ जिल्ला सदस्य रहेकि उनि गत स्थानीय चुनाबमा वडा सदस्यको उम्मेदार रहेकी थिइन् | १४ औ माहाधिबेशनमा काठमाडौं जिल्लाको निर्विरोध जिल्ला सदस्य भएकी उनले हाल गोकर्नेश्वोर नगरपालीकाको उपमेयरमा दावी रहेको छ|

४. लेख कुमारी पुडाशैनी 

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३  महिला संघकि सभापति र सोहि क्षेत्रको महाधिबेशन प्रतिनिधि समेत रहेकी उनले पनि उपमेयरमा दावी गरेकी छन् |

५. रेखा आर्याल 

लामो समय देखि शिक्षण पेशामा  आबद्ध रहेकी उनि १४ महाधिबेशन पश्चात काठमाडौँ क्षेत्र नं ३ को महाधिबेशन प्रतिनिधि रहेकी छन् | उनले पनि नगरपालिकाको उपमेयरमा दावी गरेकी छन् |

 

फेसबुक प्रतिक्रियाहरु