आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • महिला संघ हाँकेको मान्छे, उपमेयर हाँक्न सक्छु -लेख कुमारी पुडाशैनी
गोकर्नेश्वोर बिशेष

महिला संघ हाँकेको मान्छे, उपमेयर हाँक्न सक्छु -लेख कुमारी पुडाशैनी

जुनेली न्युज, काठमाडौँ |

आउदो बैशाख ३० गते हुने स्थानीय चुनाबमा उपमेयरमा दाबि गरेकि छिन | उनले नेपाली  काँग्रेस पार्टी बाट उपमेयर दावी गरेकी हुन् | काठमाडौँ क्षेत्र नं ३ मा काँग्रेसको  भात्री संस्था नेपाल महिला संघकी सभापति र पार्टीको १४ औ महाधिबेसन प्रतिनिधि समेत रहेकी छन |

“नेपाली काँग्रेस पार्टीमा २०३६ साल देखि निरन्तर संघर्ष गरेको मान्छे  अब त उपमेयरको टिकेट पाउनु पर्छ, पार्टी हाँकेर हिडेको मान्छे उपमेयर किन हाँक्न किन नसक्ने” पुडाशैनीको भनाइ छ  |

नयाबस्ति युवा क्लब चलाए, गुठिको दुइ  कार्यकाल अध्यक्ष भए , महिला संघमा काम गरे, पार्टीमा काम गरे,  बिपक्षीको बिरुद्धमा आवाज उठाउदा २०५४  सालमा माओबादीले मेरो घर घेरेको थियो, अन्यायको बिरुद्ध आन्दोलनमा म जहिले अगाडी हुन्थे उहाले बताउनु भयो |

२०७४ सालको स्थानीय चुनाबमा पनि मैले उपमेयरको दावी गरेको थिए, अबको चुनाबमा चाहि मलाइ पार्टीले  मुल्यांकन गर्नु पर्छ भन्दै उनले जुनेली न्युजलाई बताइन |

फेसबुक प्रतिक्रियाहरु