सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर ५ नवज्योति टोलमा गुडिया बनाउने तालिम सम्पन्न साथै बाटो, ढल, गेटको उद्घाटन
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर ५ नवज्योति टोलमा गुडिया बनाउने तालिम सम्पन्न साथै बाटो, ढल, गेटको उद्घाटन

जुनेली न्युज, काठमाडौँ | 
गोकर्नेश्वोर नगरपालिकाको आर्थिक सहयोग र नवज्योती महिला समुहको आयोजनामा डल तथा पुसन बनाउने तालिम सम्पन्न भएको छ | कार्यक्रम चैत २६ गते भएको हो| काठमाडौँ गोकर्नेश्वोर नगरपालिका  वडा नं ५ नवज्योति टोलका नवज्योति महिला समुहका दिदीबहिनीहरुले उक्त कार्यक्रम सम्पन्न गरेका हुन् |
साथै सोहि टोलमा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीको पहलमा निर्माण गरिएको ढल, बाटो, टोल रंग रोगन, गेट निर्माण गरि  सम्म सम्पन्न भएका सबैको एकै दिन उद्घाटन समेत भएको थियो |
 नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष नारायण सुबेदी, रमेश अर्याल लगायतका जनप्रतिनिधीले डल निर्माण समापन  र विकास निर्माणको उद्घाटन  कार्यक्रम गरेका हुन् |
May be an image of 5 people, people standing, outdoors and text
सोहि अवसरमा सोहि दिन पर्न गएको वडा अध्यक्ष नारायण सुबेदीको जन्मदिनलाई पनि महिला समुहले सरप्राइज केक काटेर मनाइ दिएको थियो |

फेसबुक प्रतिक्रियाहरु