सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • उच्च माध्यमिक बिधालय स्थरिय खुल्ला दौड प्रतियोगिता सम्पन्न
गोकर्नेश्वोर बिशेष

उच्च माध्यमिक बिधालय स्थरिय खुल्ला दौड प्रतियोगिता सम्पन्न

पुरुष मा चामुण्डा र महिला मा भेनस बिजयी

जुनेली न्युज काठमाडौँ,

गोकर्नेश्वोर   नगरपालिका वडा ३ को आर्थिक सहयोगमा नेपालको पहिलो अन्तरास्ट्रीय म्याराथन धावक मिन बहादुर बिस्टको स्मृति प्रतिष्ठानले आयोजना गरेको उच्च माध्यमिक बिधालय स्थरिय खुल्ला दौड प्रतियोगिता  सम्पन्न भएको छ |

गोकर्नेश्वोर नगरपालिका वडा ३ मा आयोजित उक्त प्र्त्योगिताको उद्घाटन नगर प्रमुख सन्तोष चालिषे,उप प्रमुख शान्ति नेपाल,नगर सल्लाहकार दिपक रिसाल लगायतले संयुक्त रुपमा गरेका थिए |

प्रतियोगितामा पुरुष तर्फ चामुण्डा मा.वी का मिङमार लामा प्रथम, मनकामना मा.वी का सागर तामाङ्ग दोस्रो र  सुमन नेपाली तेश्रो भए  | भने महिला तर्फ भेनस कलेजकी रजनी श्रेष्ठ प्रथम, रमिला बल सहयोगी मा.वी दोस्रो र भेनस कलेज की सुक्लामो तामाङ्ग  तेश्रो भइन  | प्रतियोगितामा महिला तथा पुरुष तर्फका  बिजेता हरुलाई क्रमशः रु २० हजार ,१५ हजार र १० हजार मेडल र प्रमाणपत्र प्रदान गरे |

कार्यक्रममा  भेटलान्स ओलिम्पिक कमिटिका सदस्यलाई सम्मान र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुराउने व्यक्तिहरु लाई सम्मान गरिएको थियो |

फेसबुक प्रतिक्रियाहरु