शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रधानमन्त्री देउबा उत्तर प्रदेशमा
समाचार

प्रधानमन्त्री देउबा उत्तर प्रदेशमा

मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत

जुनेली न्युज

२० चैत काठमाडौँ ,

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउबा आज तेस्रो दिन उत्तर प्रेदेशको बनारसमा पुगेका छन् |उनलाई बनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे |

बनारसमा मुख्यमन्त्री आदित्यनाथ र प्रधानमन्त्री देउबाको भेटबार्ता कार्यक्रम रहेको छ |प्रधानमन्त्री देउबाले त्यहाँ मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने कार्यक्रम पनि रहेको छ |

तिन दिने भ्रमणमा रहेका प्रधानमन्त्री बनारसबाट नयाँदिल्ली फर्कने र आजै  अपराह्न प्रस्थान गर्ने कार्यक्रम छ |

फेसबुक प्रतिक्रियाहरु